Home अन्तरवार्ता वीरगन्जको बालसुधार गृहमा संरचनाको अभाव हुदाँ थुनुवा बालकहरुलाई सास्ती

वीरगन्जको बालसुधार गृहमा संरचनाको अभाव हुदाँ थुनुवा बालकहरुलाई सास्ती

वीरगन्जस्थित बालसुधार गृहमा रहेका थुनुवा बालकहरुले सास्ती खेप्नु परेको गुनासो आएपछि पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिहीबार बाल सुधारगृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।

वीरगन्जमा बिहीबार इन्सेकले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले वीरगन्जस्थित बाल सुधारगृहमा रहेका बालकहरुले सास्ती खेप्नुपरेको गुनासो गरेका थिए । उक्त गुनासो सुनेलगत्तै कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारीले बालसुधार गृहमा पुगेर अनुगमन तथा निरिक्षण गरेका हुन् ।

अनुगमन तथा निरीक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीलाई बालसुधार गृहका निमित्त प्रमुख कृष्ण साह गोढले शौचालय , सुत्ने कोठा लगायत पर्याप्त संरचनाको अभावमा गर्मीमा बालकहरुले झेल्नुपरेको समस्याहरुबारे जानकारी गराए ।

साहका अनुसार बालसुधार गृहको कूल क्षमता ५० जनाको मात्र हो । तर अहिले बालसुधार गृहमा क्षमता भन्दा तेब्बर अर्थात १ सय २८ जना थुनुवा बालकहरुलाई राखिएको छ। बालसुधार गृहको एउटा कोठामा २० जनासम्म बालकहरुलाई राख्नु पर्ने बाध्यता रहेको साहले जानकारी गराए ।

उनले भने,‘ बालबालिका सम्बन्धित मुद्धामा १ सय २० दिनमा फैसला हुनु पर्नेमा वीरगन्जको बालसुधार गृहमा रहेका बालकहरुको हकमा भने बक पत्र र पेशी समेत नहुँदा कारागार पठाउने उमेर पुगेका युवार किशोरहरुलाई समेत राख्नु परेका छ । यसले झन् समस्या भएको छ। यहाँ राखिएका बालकहरुको संख्याको अनुपातमा भौतिक संरचनाको अभाव छ , कोठाहरु साँघुरा छन् , शौचालयपनि अप्रयाप्त नै छ ।

अनुगनमका क्रममा प्रजिअ रेग्मीलाई साहले बालसुधार गृहमा राखिने बालकले जनही कारागार नियमावलीले तोकेको दैनिक ७ सय ग्राम चामल र ६० रुपैया पाउदै आएको जानकारी गराए ।बालसुधार गृहमा हाल एक जना स्टाप नर्स कार्यरत रहेको पनि कार्यालयका निमित्त प्रमुख साहले जानकारी दिए ।

अनुगमनका क्रममा रहेका प्रमुख जिल्ला अधिकारी रेग्मीले भने बालसुधार गृहमा भएको अभाव र अपर्याप्त संरचनाको व्यवस्थापनका लागि सम्बन्धित स्थानीय निकाय वीरगन्ज महानगरपालिकामा पहल गर्ने आश्वासन दिए । उनले भने,‘ संघीइ सरकारको निकायमा पनि यसबारे जानकारी गराइसकेका छौं , समस्या समाधान गर्ने पहल भईरहेको छ ।

वीरगन्जको बालसुधार गृहमा सबैभन्दा धेरै जबरजस्ती करणी, लागू औषध र चोरी डाँकाको आरोप लागेका बालकहरु छन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments