Home राजनीति फेरि मधेस आन्दोलन हुन्छ , वीरगन्जवासी तयार भएर बस्नु होला : सिके...

फेरि मधेस आन्दोलन हुन्छ , वीरगन्जवासी तयार भएर बस्नु होला : सिके राउत

वीरगन्ज, २७ जेष्ठ : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले मधेस आन्दोलनका माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको बताएका छन् ।विगतमा भएका मधेस आन्दोलनमा मधेसी नेताहरुले गद्धारी गरेका कारण मधेसका माग पुरा नभएकाले ती माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको राउतले बताएका हुन् ।

शनिबार वीरगन्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले भने,‘ मधेसी नेताहरुले गद्धारी गरेका कारण मधेस आन्दोलनका कुनैपनि माग पुरा भएको छैन , त्यसकारण अब जनमत पार्टीले मधेस आन्दोलनलाइ अगाडि बढाउने तयारी गरिरहेको छ , अबको आन्दोलन सरकार , सदन र सडक तीनै तहबाट हुन्छ ।

२२ जिल्लको एक मधेस प्रदेश , नागरिकता, मधेसीको सम्मान र पहिचान मधेस आन्दोलनको माग भएपनि ती मध्ये कुनैपनि माग पुरा नभएकाले फेरि मधेस आन्दोलनको तयारीमा जनमत पार्टी लागिसकेको राउतले बताए ।

उनले जनमतले गर्ने आन्दोलनले आँधी तुफानको रुप लिने र त्यसले राज्यका शासकबाट मधेसका अधिकार खोसेर लिने दाबीपनि गरे । उनले अब हुने आन्दोलनको तयारीमा जुटन मधेसी जनतालाई आह्वानपनि गरे ।

मधेसका अरु मधेसी पार्टी जस्तो सत्ता र पदको लोभी जनमत पार्टी नभएको जिकिर उनले गरे । राउतले भने,‘ मधेसको दुरावस्था दखेर सह्य नभएपछि म राजनीतिमा आएको हुँ , राजनीतिक दल खोलेको हुँ , त्यसका कारण म अरु नेता जस्तो सत्ता र पदको लोभी होइन , एउटा मन्त्री पाउदाँपनि सरकारमा म आफु गइन , पार्टीकै अरु नेतालाई पठाए ।

जनमत पार्टीमा हरेक वर्ग र तप्काको व्याक्तिलाई सम्मान गर्ने गरिएको भन्दै राउतले आफनो पार्टीमा सत्ता र पदको कुनै महत्व नभएको जिकिर गरे ।अधिकार प्राप्तिको एक मात्र माध्यम आन्दोलन नै भएको भन्दै उनले भने,‘ यदि आन्दोलन रोकियो भने पाएका अधिकारपनि गुम्छ , त्यसकारणपनि फेरि आन्दोलनको तयारीमा जनमत पार्टी लागेको छ ।शनिबारको बृहत पार्टी प्रवेश कार्यक्रम र कार्यक्रममा जनसहभागीताले आन्दोलनको बिगुल फुककेको पनि राउतले बताए ।

जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंहको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष डाक्टर राउतको प्रमुख आतिथ्यतामा भएको बृहत् पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एंव प्रदेशका पुर्व कृषि राज्यमन्त्री बसन्त कुशवाहा, वरिष्ठ नेता डाक्टर शरद सिंह लगायत नेताहरुले पनि सम्बोधन गरेका थिए ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments