Home प्रदेश मधेश सामुदायिक विद्यालयमा आधुनिक शिक्षाको शुरुवात मन्त्री अन्सारीले गरे उद्घाटन

सामुदायिक विद्यालयमा आधुनिक शिक्षाको शुरुवात मन्त्री अन्सारीले गरे उद्घाटन

बीरगंज ०१ साउन,
मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अंसारीको अथक प्रयासले सामुदायिक विद्यालय हरपतगंज—२० र बहुअरी बीरगंज—१४ स्थित उम्मे कुलसुम लिलबनात (कन्या विद्यालय) विद्यालयमा आधुनिक टेक्नोलोजी भएका कक्षा (Innovative Learning Center (ILC)) संचालनमा ल्याउनु भएका छन् ।
पर्सा जिल्लाको हरपतगंजको सामुदायिक विद्यालय तथा बहुअरीको कन्या विद्यालय (बनात) मा Innovative Learning Center (ILC) स्थापना गरि मा. रहबर अन्सारीले दुरदर्शी सोंचका साथ यो कक्षा संचालनमा ल्याएका हुन् ।
आधुनिक कक्षा संचालनको समुदघाटन समारोहमा बोल्दै रहबर अन्सारीले भन्नु भयो यो त मेरो सानो प्रयासको शुरुआत हो अगामी दिनमा ठुल ठुला कार्यहरु गर्ने छौ र शैक्षिक परिवर्तन हुने छन् ।
मधेश प्रदेशमा पहिलो पल्ट यस्ता आधुनिक कक्षा संचालन भएको छ । विगतका समयदेखि सरकारी स्कुल तथा गाउँघरका आम जनताको पहुचभन्दा माथि रहेको सोंचलाई मुर्तरुप दिएका छन् । अहिने ठुल ठुला व्यापारी वा उच्च ओहदाका व्यक्तिहरुले आफनो बालबालिकालाई विदेशमा पैसा खर्च गरेर उनका शैक्षिक स्तर उकास्ने गरेको देखिन्छ । तर मन्त्री रहबर अन्सारीले नेपालको सरकारी विद्यालयमा नै त्यो विधि ल्याएको र त्यसबाट गाँउघरका गरिब, जेहेन्दार विद्यार्थीहरुले पुर्ण लाभ उठाई विदेशबाट पढेर आएका धनाढय व्यक्तिहरुका बालबालिकासँग कम्पटिशन गर्न सकोस भन्ने चाहना रहि आएकोले मैले यो आधुनिक प्राविधिक कक्षा संचालनमा ल्याएका हौ मन्त्रीले भने ।
विगतका दिनमा मान्छेहरु भन्ने गर्दै थिए कि हामी गरिबको बालबालिका कहिल्यै ठुला व्यक्ति बन्न सक्दैन किन कि हामीसँग पैसा छैन, ठुल ठुला स्कुलका फिस भर्न सक्दैनौ तर आज रहबर अन्सारीको अथक प्रयासले असंभव काम संभव भएको छ ।
यसबाट विद्यार्थी र शिक्षक दुवैले परम्परागत शिक्षण विधिहरू भन्दा बाहिर गएर प्रयोगात्मक शिक्षा, ह्यान्ड–अन गतिविधिहरू, र प्रविधि र अन्य नवीन उपकरणहरूको प्रयोगमा आफुलाई केन्द्रित गरी गुणस्तरीय शिक्षा हासिल गर्नेछन्।
मधेश प्रदेशमा थुप्र्रै नेता र विद्वानहरु रहेका छन् तर कसैले गाउँ घरका र गरिब जनताका बालबालिकाका लागि आधुनिक कक्षा संचालनमा नल्याएको दुखेसो पोख्दै भन्नुभयो कि मेरो कार्यकालमा जति सक्छु गाँउ तथा शहरका सरकारी विद्यालयहरुमा यस्ता खाले पुर्ण आधुनिक प्राविधिक सहितका कक्षा संचालनमा ल्याएर शैक्षिक सुधारमा सधै तत्पर रहने प्रतिबद्धता जनाउनु भयो ।
मधेशमा विगतका दिनमा पनि सभासद, मन्त्री, राज्यमन्त्री तथा विद्वानहरु रहेका नै थिए तर कसैले यस्तो खाले प्राविधिक उपकरण सहितका कक्षा संचालनमा नल्याएको र मैले शैक्षिक परिवर्तन आफनै कार्यकालमा गरेर देखाएको र अगामी दिनमा पनि त्यस्ता खाले अन्य शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षालाई स्तरउन्नती गर्छू भन्ने प्रतिबद्धा जाहिर गर्नु भयो ।
उहाँले भन्नुभयो, आगामी दिनहरूमा वीरगंज बाट पनि राष्ट्रको विकासमा योगदान पुर्यारउन सक्ने युवाहरूको विकास गर्ने, र फेसबुक, गुगल, टेस्ला जस्ता विश्व प्रसिद्ध उत्पादनहरूको सिर्जना नेपाली युवहरूले कल्पना गर्न सक्ने वातावरण बनाउनू नेतृत्वदायी भूमिकामा रहेका हरेक व्यक्तिको कर्तव्य हो।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments