Home कृषि मसुरो उत्पादन बृद्धिबारे नार्क र यूएसएडका प्रतिनिधिबीच छलफल

मसुरो उत्पादन बृद्धिबारे नार्क र यूएसएडका प्रतिनिधिबीच छलफल

 

काठमाडौं ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र यूएसएड अन्तर्गत नेपालमा मुसुरो बाली प्रवद्र्धन कार्यक्रमका प्रतिनिधि बीच मसुरोको उत्पादन बृद्धि र व्यावसायीकरण बारे छलफल भएको छ ।

ललितपुरको खुमलटार स्थित नार्कको केन्द्ीय कार्यालयमा आज नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई र यूएसएडको नेपालमा मसुरो बाली प्रवद्र्धन कार्यक्रमको परियोजनाका उपनिर्देशक जोन मेडेनलोपको नेतृत्वमा रहेको टोलीका बीचमा मसुरो उत्पादन बृद्धिको बारेमा छलफल भएको हो ।

नार्क मार्फत् उक्त कार्यक्रम लागू भएपछि मुसुरो बालीमा गहन अनुसन्धान गरी उत्पादनशील जातहरुको विकास, श्रोत बीउ उत्पादन तथा कृषक र प्राविधिकहरुको क्षमता अभिवृद्धिमा काम गर्ने जानकारी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले दिए । यस कार्यक्रम अन्तर्गत मसुरो उत्पादनका उन्नत प्रविधिहरुको कृषक स्तरमा परीक्षण र विस्तारको काम समेत हुने बताइएको छ ।

राट्रिय कोसेबाली अनुसन्धान कार्यक्रम खजुरा बाँकेका संयोजक डा.राजेन्द्र दराईका अनुसार नेपालमा बार्षिक २ लाख मेट्रिक टन मसुरो उत्पादन हुने गरेको छ । तर नेपाललाई तीन लाख ६ हजार मेट्रिकटन मसुरो चाहिने उनले बताए । यद्यपि नेपालमा मसुरोको उत्पादनको सम्भावना त्यो भन्दा निकै नै बढी रहेकाले मसुरोको अन्तर्राष्ट्रिय व्यापार बृद्धि गरी निर्यात बढाउन सकिने कुरा डा. दराईले जनाएका छन् ।

नेपालको तराई क्षेत्रमा मसुरोको उत्पादन हुदै आएको छ । नेपालमा मसुरो वाली प्रबद्र्धन कार्यक्रम लागु भएपछि मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको तराई क्षेत्रमा अझै मसुरो उत्पादन बृद्धि हुने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने विश्वास लिइएको छ ।

सो छलफलमा नार्कका कार्यकारी निर्देशक भट्टराईका साथै नार्कका बाली तथा बागवानी निर्देशक डा.कृष्णकुमार मिश्र, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

यसैबीच आजै नार्क र जपानको हकेन कम्पनीका प्रतिनिधि बीच नेपालमा सीताके च्याउको उत्पादन बृद्धि र व्यवसायीकरणको बारेमा पनि छलफल भएको छ । नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई र हकेन कम्पनीका उपप्रमुख सुमजो आइयूसावाका बीचमा सीताके च्याउँ उत्पादन बृद्धि र व्यवसायीकरणको बारेमा छलफल भएको हो ।

कम्पनीले सीताके च्याउका नयाँ जातहरु राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्र मार्फत् परीक्षण गरी उपयुक्त जातहरुको व्यवसायीकरणमा सहयोग गर्ने, सीताके च्याउका उच्च तापक्रम सहन सक्ने जातहरु छनौट गरी तराईमा समेत विस्तार गरिने बताइएको छ ।

राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्रका प्रमुख सुरज बैद्यका अनुसार सीताके च्याउ काठको मुढोमा उत्पादन गर्दा श्रम र काठ धेरै खर्च हुने, वनको काठ नकोतरिने गरि ल्याउनु पर्ने र काठ काट्न कतिपय अवस्थामा वन संरक्षणका कारण नमिल्ने तर यो प्रविधिमा काठको धुलो प्रयोग गरी उत्पादन गर्दा लागत खर्च कम र सजिलैसंग उत्पादन सिताके च्याउ उत्पादन हुनेछ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments