Home प्रदेश मधेश बिन्दबासिनी गाउँपालिकाको १३ औं गाउँसभा तथा २०८०/०८१ को नीति तथा कार्यक्रम समपन्न

बिन्दबासिनी गाउँपालिकाको १३ औं गाउँसभा तथा २०८०/०८१ को नीति तथा कार्यक्रम समपन्न

facebook sharing button
messenger sharing button
whatsapp sharing button
twitter sharing button
sharethis sharing button

बिरगंज २० श्रावण / पर्साको बिन्दबासिनी गाउँपालिकाले १३ औं गाउँसभा तथा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमबाट ३१ करोड ३ लाख ३४ हजारको अनुमानित बजेट पारित गरेको छ ।
१३ औं गाउँसभा बिन्दबासिनी गाउँपालिकाको कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष ज्योती चौरसियाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन ।
गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले कार्यक्रमको अध्यक्षता गर्दै राजनितिकर्मीको निति लिएर बिकास कार्य गर्नुभन्दा समाजसेवी भएर बिकासको बाटोमा लाग्नु आवश्यक रहेको बताए । बिकास कार्यमा बाधा अवरोध नगर्न अनुरोध गर्दै एकता बनाएर बिकासको बाटोमा लागे समृद्ध गाउँपालिका बनाउन सकिने अध्यक्ष तिवारीको कथन थियो । आगामी आ.व.को निति अन्तर्गत बिन्दबासिनी गाउँपालिकामा कृषि, सिचाईलाई विशेष प्राथमिक्ता दिईएको छ । कृषि भएमा शिक्षा र स्वास्थय लगायत अन्य बिकास समभव रहेको चर्चा गर्दै अध्यक्ष तिवारीले सब भन्दा पहिला किसानहरु लागि कृषि पोल तार जडानको साथै कृषि मीटर निःशुल्क बितरण कार्यक्रम राखिएको बताए ।
गुणस्तरिय शिक्षाका लागि कतिपय नयाँ कार्यक्रम थप्प गरिएका छन । एक वडा एक माध्यमिक बिद्यालयको अवधारणा, जाती, धर्म तथा समुदायका बालबालिकाहरुलाई शिक्षामा अनिवार्य पहुच, बिद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी, बर्थिङ सेन्टर सञ्चालन र कृषि मीटरको महशुल निःशुल्क गरिने अध्यक्ष तिवारीले बताए ।
यसका साथै उन्नत पशुपालन, पशु बिमा, बाली बिमा, गोठ तथा भकारी सुधार कार्यक्रम संचालन गर्नुका साथै एमबिबिएस अध्ययन छात्रवृत्ति, निःशुल्क लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षाका लागि निरन्तरता दिइएको अध्यक्ष तिवारीले बताए ।
आ.व. २०८०/०८१ को लागि वित्तीय हस्तान्तरण नेपाल सरकार २९ करोड ३७ लाख ६४ हजार ८ सय, वित्तीय हस्तान्तरण प्रदेश सरकारतर्फ ६५ लाख, आन्तरिक राजस्व र गत आ.व.को मौज्दात १ करोड ७० हजार, व्यय तर्फ गाउँपालिका स्तरीय भौतिक पूर्वाधार योजना २ करोड ८३ लाख, वडास्तरीय आयोजना ३ करोड ७५ लाख, गत आवको दायित्व, विषयगत शाखागत बजेट, विभिन्न कोषहरू समेत ४ करोड ८० लाख ७० हजार, सशर्त अनुदान १२ करोड ५१ लाख, प्रशासनिक, चालु खर्चहरू, तलब भत्ता समेत ७ करोड १३ लाख ६४ हजार ८ सय गरी ३१ करोड ३० लाख ३४ हजार बराबरको बजेट पारित गरि सार्वजनिकरण गरिको छ ।
गाउँसभा कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राकेश ओझा, वडाध्यक्षहरु अछेलाल महतो, मुक्ति राउत कुर्मी, जयप्रकाश चौरसिया, अनोज कुमार चौरसिया, मोहन यादव, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments