Home अपराध किशोरीलाई फोनमा जिस्काएको निहुँमा युवकको कुटपिट गरी हत्या

किशोरीलाई फोनमा जिस्काएको निहुँमा युवकको कुटपिट गरी हत्या

वीरगन्ज : पर्सामा एक किशोरीलाई फोन गरेर जिस्काएको विषयलाई लिएर भएको कुटपिटमा घाइते भएका युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्साको पर्सागढी नगरपालिका-४ बर्वाटोलका २८ वर्षीय जुमदिन अन्सारी रहेका छन्। प्रहरीका अनुसार भारतको केरलामा बस्ने अतुल्लाह अन्सारीकी बहिनीलाई मृतक जुमदिनका भाइले फोन गरेर जिस्क्याएको विषयलाई लिएर गत साउन २० गते राति ९:३० बजेतिर जुमदिन पक्ष र अतुल्लाह पक्षबीच झगडा भएको थियो। झगडाका क्रममै अतुल्लाहसहितका दुई जनाले काठको चिर्पटले प्रहार गर्दा जुमदिन गम्भीर घाइते भएका थिए।

घाइते जुमदिनको बारास्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ५:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अतुल्लाहसहित दुई जनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-४ कै २४ वर्षीय अतुल्लाह अन्सारी र ४५ वर्षीय बच्चाबाबु अन्सारी भन्ने वकिल अन्सारी रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।अन्नपूर्ण

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments