Home समाचार परवानीपुर गाउँपालिकाले व्यवसाय करमा विशेष छुट दिने

परवानीपुर गाउँपालिकाले व्यवसाय करमा विशेष छुट दिने

 

वीरगञ्ज २५ साउन/बाराको परवानीपुर गाउँपालिकाले उद्योग, व्यवसाय तथा कलकारखानाहरूलाई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न आग्रह गरेका छन ।

एउटा सूचना जारी गर्दै गाउँपालिका कार्यालयले परवानीपुर क्षेत्रमा सञ्चालित उद्योग, व्यवसाय तथा कलकारखानाहरूलाई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्दै वार्षिक व्यवसाय कर चुक्ता गर्न आग्रह गरेका थिए ।

‘यस परवानीपुर गाउँपालिका क्षेत्रभित्र रहेका उद्योग, व्यवसाय तथा कलकारखाना सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले गाउँपालिकामा अनिवार्य व्यवसाय दर्ता गरी व्यवसाय इजाजत प्रमाण पत्र लिनु पर्ने र वार्षिक रूपमा व्यवसाय कर तिर्नु सबैको दायित्व हुन आउँछ गाउँपालिकाद्वारा जारी सूचनामा लेखिएको छ ।

कार्यालयमा व्यवसाय दर्ता गराएका व्यवसायीहरूले चालू आर्थिक वर्ष भरीको व्यवसाय कर एकमुष्ट रूपमा बुझाए लाग्ने शुल्कमा ४० प्रतिशत छुट समेत दिने गाउँपालिकाले जनाएको छ । ‘आर्थिक वर्ष लागि आर्थिक ऐन २०८०/०८१ को दफा १९ बमोजिम चालु आर्थिक वर्ष २०८०/०८१ को व्यवसाय कर अग्रिम रूपमा आश्विन मसान्तसम्म एकमुष्ट बुझाएमा व्यवसायीलाई व्यवसाय करमा लाग्ने शुल्कमा ४० प्रतिशत छुटको व्यवस्था रहेकोले तोकिएको समय भित्र व्यवसाय कर बुझाई यो अवसरको फाइदा लिन हुनको लागि सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।

त्यस्तै स्थानीय युवाहरूलाई रोजगारीमा प्राथमिकता दिने उद्योग, व्यवसाय तथा कलकारखानालाई गाउँपालिकाले करमा थप सहुलियत पनि दिने जनाएको छ ।

दश जनाभन्दा धेरै रोजगारी सृजना गर्ने उद्योग, व्यवसाय तथा कलकारखानाले त्यसको ५० प्रतिशत गाउँपालिका क्षेत्रका स्थानीय बासिन्दालाई रोजगारी दिएको प्रमाण पेस गरेमा व्यवसाय करमा थप १५ प्रतिशत छुट दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले जानकारी दिए।

 

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments