Home कृषि टिकापुरमा केराको पनामा रोगको नयाँ प्रजाति टिआर ४ को व्यवस्थापनबारे छलफल

टिकापुरमा केराको पनामा रोगको नयाँ प्रजाति टिआर ४ को व्यवस्थापनबारे छलफल

 

काठमाडौं । पनामा रोगको नयाँ प्रजाति टिआर ४ बाट केरा खेती जोगाउन कैलालीको टीकापुरमा आज सरोकारवालाबीच बिस्तृत छलफल भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), कृषि मन्त्रालयका प्रतिनिधि, सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालय, कृषि ज्ञान केन्द्र कैलाली र बर्दिया, सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय, रानीजमरा कुलेरिया सिचाइँ आयोजना, कृषि अनुसन्धान निर्देशनालय दिपायल, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र, इलाका प्रशासन कार्यालय, जोशीपुर र जानकी गाउँपालिका, टिकापुर र लम्कीचुहा नगरपालिकाका प्रतिनिधि, पत्रकार, कैलालीका केरा खेती गर्ने कृषकहरू लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा केराको पनामा रोगको नयाँ प्रजाति टि आर ४ को सुरक्षित व्यवस्थापनबारे अन्तरकृया सम्पन्न भएको हो ।

कार्यक्रममा प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र का प्रमुख प्रकाश पौडेलले कार्यक्रम आयोजना गर्नुको उद्देश्य र यो रोग व्यवस्थापनका कानूनी र क्वारेन्टिनका पक्षबारे जानकारी दिए ।

यसैगरि राष्ट्रिय बाली रोग बिज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काले यो रोगको उत्पत्ति, प्रसार र व्यवस्थापनबारे बिस्तृत जानकारी दिए ।

पनामाको टि आर ४ को जोखिम विश्लेषण कार्यदलका सदस्य देवराज अधिकारीले कार्यदलको कार्ययोजना र प्रस्तावित आचारसंहिता प्रस्तुत गरेका थिए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले यस्ता महामारीबाट बालीनालीलाई जोगाउन नियमनको तहमा प्रदेश सरकार र कार्यान्वयनको तहमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहनेहुनाले कृषकहरूले सबै निकायसँग समन्वयमा रही रोग व्यवस्थापन गर्नुपर्ने बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले यो रोग व्यवस्थापन गर्न आचारसंहिताको पूर्ण पालना गर्दै आवश्यक परे यो रोग देखिएका क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने, कृषकहरूलाई बिमामार्फत् या स्थानीय सरकार मार्फत् क्षतिपूर्ति या अन्य उपाय को अवलम्बन गर्न सकिने बताए ।

टिकापुर, जानकी, जोशीपुर र लम्कीचुहाका स्थानीय सरकारका प्रतिनिधिहरूले सबैपक्षसँग सहकार्य गरी रोग व्यवस्थापन गर्न तत्पर रहने बताए ।

कार्यक्रमकै सिलसिलामा किसानलाई तत्काल दिन सकिने सल्लाह र थप सर्भे गर्नेबारे कृषिसँग सम्बन्धित संस्थाहरूबीच छुट्टै प्राविधिक छलफल हुनुको साथै कार्यदलले केराका बगैँचाहरूको स्थलगत अवलोकन समेत गरेको थियो । रानीजमरा सिचाइ आयोजना कैलालीका प्रमुख कलशराम चौधरीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन दिलिपजंग रानाले गरेका थिए । सरकारले यसअघि नै यो रोगको जोखिम विश्लेषण र सर्वेक्षण गर्न नार्कका वैज्ञानिक डा. रामबहादुर खड्काको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिसकेको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments