Home राष्ट्रिय हुण्डी कारोबारीमा जोडिएका एसएसपी पाण्डेमाथि छानबिन गर्न हेडक्वाटरले बनायो समिति

हुण्डी कारोबारीमा जोडिएका एसएसपी पाण्डेमाथि छानबिन गर्न हेडक्वाटरले बनायो समिति

 

काठमाडौं– हुण्डी कारोबारीमा जोडिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) महाराजगञ्जमा कार्यरत रहेका एसएसपी पाण्डेमाथि छानबिन गर्न समिति बनाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायत नेपाल लाइभलाई जानकारी दिए।

मंगलबार नेपाल लाइभले ‘हुन्डी कारोबारमा जोडिए एसएसपी पाण्डे, दिनेशको खातामा रकम हाल्न लगाएर ‘लाइन खुला’ शीर्षकको समाचार प्रकाशित गरेको थियो। त्यसपछि प्रहरी हेडक्वाटरले छानबिन गर्न समिति बनाएको हो।

प्रवक्ता कडायतका अनुसार प्रहरी प्रधान कार्यालयमै रहेको अपराध अनुसन्धान विभागका डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनाइएको छ। मैनाली नेतृत्वको छानबिन समितिले छानबिन गरेर प्रतिवेदन दिएपछि सोही अनुसार कारबाहीको प्रक्रिया अघि बढाइने हेडक्वाटरले जनाएको छ।

कालो धन (अवैधानिक रकम) तथा देशको अर्थतन्त्र आरोलो लाग्नुको मुख्य कारणमध्ये एक मानिएको हुन्डी कारोबारका नाइकेसँग रकम असुल्दै एसएसपी पाण्डेले हुण्डीको लाइन खुलाएको विषयमा मंगलबार हामीले समाचार सम्प्रेषण गरेका थियौँ।

अहिले एकेडेमीमा कार्यरत रहेका एसएसपी पाण्डेले जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख (एसपी) हुँदा वीरगञ्जका हुन्डी कारोबारीका नाइके ‘राज होजियारी’ भनिने राज साहसँग साँठगाँठ राखेर रकम असुल्ने गरेको पुष्टि हुने आधारसहितको प्रमाणसहितनेपाल लाइभले रिपोर्ट प्रकाशित गरेको थियो।

पाँचको चेक बुझिसकेको र चालिसको चेक भोलिसम्म डिपोजिट गरिदिने साहले एसपी पाण्डेलाई फोनमा बताएको सुनिन्छ।

अडिओ संवादबाट साहले हुन्डी कारोबारका लागि सहजीकरण गरिदिएबापत एसपी पाण्डेले नै उपलब्ध गराएको ‘दिनेश’ नाम गरेका व्यक्तिको खातामा रकम हालेको प्रष्ट हुन्छ। एसपी पाण्डेले नाम लिएका विक्कीलाई भने रकम दिने सर्तमा सम्भवत ‘लाइन खुला’ गरिदिएको भन्ने बुझिन्छ।

एसपी पाण्डे र साहबीच तेस्रोपटक ‘पाँचको चेक’ डिपोजिट भएको विषयमा कुराकानी हुन्छ। साहले ‘पाँचको चेक’ क्लियर भइसकेको जानकारी गराउँछन्। उनले बाँकी ‘चालिसको’ भोलि हुने भनेर पाण्डेलाई जानकारी दिन्छन्। ‘विक्की’ले भने त्यतिबेलासम्म पाण्डेलाई रकम नहालेको कुरा अडिओमा सुनिन्छ।

वीरगञ्जमा होजियारीसम्बन्धी उद्योग सञ्चालन गर्दै आएका साहको भित्री धन्दा भने हुन्डीको रहेको त्यहाँ काम गरेका केही जुनियर प्रहरी अधिकारी पनि बताउँछन्। उच्च र नेतृत्व तहका प्रहरी अधिकारीसँग ‘मिलाएर’ उनी प्रहरी अनुसन्धान र कारबाहीबाट बच्दै आएका छन्। साभार : नेपाल लाईभ

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments