Home राष्ट्रिय हुन्डीमा जोडिएका एसएसपी पाण्डे कारोबारी जोगाउन सक्रिय

हुन्डीमा जोडिएका एसएसपी पाण्डे कारोबारी जोगाउन सक्रिय

 

काठमाडौं– २०७९ वैशाखमा प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाउँदै हुन्डी कारोबारविरुद्धको कारबाहीमा कडाइ गर्न निर्देशन दियो । स्थानीय तहको चुनावको मिति नजिकिरहेका बेला हुन्डी कारोबारीहरु सक्रिय भएको सूचनापछि प्रहरी प्रधान कार्यालयले उक्त पत्र पठाएको थियो ।
प्रहरी प्रधान कार्यालयको लिखित निर्देशनपछि पर्सा प्रहरीले हुन्डी कारोबारीमाथि निगरानी बढायो । हुन्डी कारोबारमा संलग्न भएको आशंका गरिएकाहरुको सूची तयार भयो । सूचीमा नाम समावेश भएका प्रमुख आशंकितमध्ये एक थिए राज होजियारी भनिने राज साह । पर्सा प्रहरीले साहलाई कार्यालय (जिल्ला प्रहरी कार्यालय)मा उपस्थित हुन भन्दै फोन ग¥यो । जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुने फोन आएपछि साहले प्रहरी उपरीक्षक एसपी (हाल प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’) बेलबहादुर पाण्डेलाई फोन गरे ।
‘मैले कुनै हुन्डीवाला त्यस्तो पैसा लेनदने त गरेको छैन, हजुरको पालामा । अब हेडक्वार्टरबाट चिठी आएछ,’ साहले पाण्डेलाई फोन गरेर सुनाए । पाण्डेले भने नडराउन भन्दै साहलाई आश्वस्त पार्न खोजे ।
हाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रहेका पाण्डे हुन्डी कारोबारमा जोडिएको विषय नेपाल लाइभले यसअघि प्रमाणसहित प्रकाशमा ल्याएको थियो । नेपाल लाइभले प्राप्त गरेको थप प्रमाणअनुसार एसएसपी पाण्डे हुन्डी कारोबारविरुद्ध प्रहरी अनुसन्धान असफल बनाउन पनि सक्रिय रहेको देखिएको छ ।
हुन्डी कारोबारी साहलाई प्रहरीले पक्राउ गरेर कारबाही गर्न खोज्दा एसएसपी पाण्डेकै योजनामा साहले उन्मुक्ति पाएको प्रमाण नेपाल लाइभले प्राप्त गरेको छ ।
पर्सा प्रहरी प्रमुखबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय पुगेका पाण्डेले ‘माथि’बाटै ‘च्यानल’ मिलाएर साहलाई जोगाएका थिए । पर्सा प्रहरी प्रमुखबाट ८ मंसिर २०७८ मा पाण्डेको सरुवा हुन्छ । त्यसपछि रमेश बस्नेत पर्साको नयाँ प्रहरी प्रमुख बनेर खटिन्छन् ।
बस्नेत नै प्रमुख भएका बेला प्रहरी प्रधान कार्यालयले हुन्डी कारोबारीविरुद्ध कडाइपूर्वक कारबाही गर्न भन्दै लिखित निर्देशन दिएको थियो । तर प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा बसेर पाण्डेले अनुसन्धानलाई प्रभावित पारिरहे ।
नेपाल लाइभले प्राप्त गरेको पछिल्लो अडिओ प्रमाणमा साहले पर्साबाट पाण्डेलाई फोन गर्दै आफूलाई प्रहरीले पक्राउ पो गर्ने हो कि भन्दै चिन्ता जाहेर गरेको सुनिन्छ । पाण्डे भने त्यस्तो केही नहुने भन्दै आश्वस्त पारिरहेको अडिओमा सुनिन्छ ।
टेलिफोन कुराकानी–१
एसपी पाण्डे – हजुर, हजुर, गुड मर्निङ ।
हुन्डी कारोबारी साह –दाइ नमस्ते, गुड मर्निङ दाइ ।
एसपी पाण्डे – नमस्कार, म अघि ड्राइभिङमा उकालोमा थिए ।
हुन्डी कारोबारी साह – ए । एउटा के काम छ । के भन्छ त्यो… मलाई जिल्लाबाट फोन आए थियो, बुझ्नुभयो दाइ ।
एसपी पाण्डे –हजुर ।
हुन्डी कारोबारी साह – मैले कुनै हुन्डीवाला त्यस्तो पैसा लेनदने त गरेको छैन, हजुरको पालामा । अब हेडक्वार्टरबाट चिठी आएछ ।
एसपी पाण्डे – ए होइन, होइन । एउटा उजुरी हाल्या छन् अरे ।
हुन्डी कारोबारी साह – अँ ।
एसपी पाण्डे– अब उजुरी हालेपछि यसो केही एउटा कागज लेखिदिए हुन्छ । केही गर्नुपर्दैन ।
हुन्डी कारोबारी साह – सर थुनथान त गर्दैन नि?
एसपी पाण्डे– होइन, होइन त्यस्तो केही होइन । त्यस्तो केही पनि होइन भाइ ।
हुन्डी कारोबारी साह– ए हुन्छ दाइ । म जाउँ त?
एसपी पाण्डे– त्यो उजुरी हो । अब केरे बुझ्नी क्रममा यसो उ ग¥या होलान्, केही छैन ।
हुन्डी कारोबारी साह– म डीएसपीसँग गएर भेट गरौं सर?
एसपी पाण्डे– हुन्छ, हुन्छ । ल जाने, त्यहाँ गएर एउटा कागज गरिदिने । अरु केही पनि होइन ।
हुन्डी कारोबारी साह– ए, हस, हस धन्यवाद ।
एसपी पाण्डे– अँ.. भाइले त्यो नगर्न पनि मिल्छ । म कारोबार पनि गर्दिन, म केही पनि बोल्दिन भन्न पनि मिल्छ । किनभने भाइ सम्बन्धित मान्छे पनि होइन ।
हुन्डी कारोबारी साह– होइन म गर्दिन्छु । मेरो आफ्नै फर्म छ, म सबै चिज यहाँ…. ।
एसपी पाण्डे – हैन, हैन । त्यहाँ बुझम् न पहिला बुझम् ।
हुन्डी कारोबारी साह– ल, ल ।
एसपी पाण्डे– त्यस्तो केही छैन । पहिला एकपटक बुझौं ।
हुन्डी कारोबारी साह – ल, ल ।
एसपी पाण्डे– बुझौं, अनि बल्ल गर्ने नगर्ने निर्णय गरौं है त ।
आफू फस्ने डरले साहले फोन गर्दा पाण्डे प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा थिए । साहसँग कुरा गरेपछि उनले हुन्डी कारोबारविरुद्धको अनुसन्धानको नेतृत्व गरिरहेका पर्सा प्रहरीका तत्कालीन अधिकृतलाई फोन गर्छन् । जुन कुरा पाण्डेले साहलाई फोनमार्फत् नै बताएका छन् ।
दोस्रोपटक पाण्डे आफैंले साहलाई फोन गर्छन् । आफूले डीएसपी ओम (जिल्ला प्रहरी कार्यालय पर्सामा रहेका तत्कालीन डीएसपी ओमप्रकाश खनाल)सँग कुरा गरेको भन्दै पाण्डेले साहलाई चिन्ता नलिन भन्छन् ।
टेलिफोन कुराकानी–२
एसपी पाण्डे– ए राज भाइ‘ ।
हुन्डी कारोबारी साह– हजुर ।
एसपी पाण्डे– मैले ओम (पर्साका तत्कालीन डीएसपी ओमप्रकाश खनाल)सँग कुरा ग¥या थिएँ ।
हुन्डी कारोबारी साह– हजुर ।
एसपी पाण्डे– ए होइन, केही होइन । त्यो… हुन्डी सुन्डीको लागि चाहिँ अलि कडैपूर्वक कारबाही गर्नुभन्ने हिसाबले केरे कार्यान्यन गर्नु भनेर पत्र आएछ ।
हुन्डी कारोबारी साह– हजुर, हजुर । अब उही भाइहरुसँग केही सूचना छ कि भनेर यसो सूचना दिएर प्रहरीलाई केही सहयोग हुन्छ कि भन्ने हिसाबले रछ अरु केही होइन ।
हुन्डी कारोबारी साह– दाइ म जाउँ भेट गर्न?
एसपी पाण्डे– अँ, ओम(डीएसपी ओमप्रकाश खनाल)लाई भेट्दा हुन्छ । केही त्यो केही होइन । कागज सागज गर्नुपर्ने खालको पनि केही होइन रैछ ।
हुन्डी कारोबारी साह– हस, हस ।
एसपी पाण्डे– हँ… यसो भाइसँग केही सूचना छ कि भनेर अब त्यो लिन खोज्या होलान् ।
हुन्डी कारोबारी साह– ए मेरो त हर्ट (मुटु) एकदम परिसब तबतब बढिरहेछ दाइ… ।
एसपी पाण्डे– हजुर?
हुन्डी कारोबारी साह– मेरो त हर्ट (मुटु) नि एकदम तबतब बढिरहेछ दाइ ।
एसपी पाण्डे– के रे, के रे?
हुन्डी कारोबारी साह– मेरो हर्ट (मुटु) नि एकदम….
एसपी पाण्डे– ए होइन, होइन भाइ । त्यो आत्तिनै पर्दैन ।
हुन्डी कारोबारी साह– त्यही त दाइ मैले कसैसँग त्यस्तो लेनदेन त केही गरेको छैन ।
एसपी पाण्डे– होइन, होइन । मेरो कुरा सुन पहिला । त्यो केही पनि होइन । भाइसँग सूचना भयो भने यसो सूचना पाउँथे भनेर हो । भाइसँग अब सूचना छैन, केही छैन केरे । त्यो नभएपछि मसँग केही छैन, जानकारी छैन, सम्पर्क छैन, हँ‘ मेरो यहाँ केही भा बेला, कोही भा बेला सहयोगका लागि आएर कहिले कतै वकिल सापलाई कतै केही भन्या भा हो नत्र मेरो केही छैन भन्दा हुन्छ ।
हुन्डी कारोबारी साह– हस, हस ।
एसपी पाण्डे– त्यस्तो केही छैन । त्यो केही पनि होइन ।
पाण्डेसँगको टेलिफोन कुराकानीमा साहले आफ्नो मुटु काँपिरहेको बताउँछन् । त्यतिबेला प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको थियो । तर पाण्डेले भने केही नहुने भन्दै चिन्ता नलिन भन्छन् । सायद पाण्डेले त्यतिबेलासम्म ‘केस’ मिलाइसकेका थिए ।
पाण्डेले पुनः साहलाई फोन गर्छन् । ‘तेस्रोपटक’को फोन कुराकानीमा उनले डीएसपी ओमप्रकाश खनालसँग आफूले कुरा गरिसकेकाले एकपटक गएर भेट्न भन्छन् ।
टेलिफोन कुराकानी–३
एसपी पाण्डे– हलो ।
हुन्डी कारोबारी साह– हजुर ।
एसपी पाण्डे– हैन अघि त्यो बोल्दाबोल्दै काटियो ।
हुन्डी कारोबारी साह– हजुर ।
एसपी पाण्डे– अघि बोल्दाबोल्दै काटियो ।
हुन्डी कारोबारी साह– ए हजुर ।
एसपी पाण्डे– नाइ, नाइ त्यो केही चिन्ता लिनु पर्दैन । नजाँदा पनि हुन्छ । नभए एकपटक ओम सापलाई फोन गरेर… ।
हुन्डी कारोबारी साह– म आएछु, आएछु ।
एसपी पाण्डे– ल, ल, ल ।
पर्साका तत्कालीन डीएसपी खनालले हुन्डी कारोबारविरुद्धको अभियान चलिरहँदा तत्कालीन एसपी पाण्डेले आफूलाई फोन गरेको स्वीकार गरे । ‘हेडक्वार्टरले हुन्डी कारोबारीलाई कारबाही गर्नुभनेपछि हामीले साहलाई फोन गरेका हौँ । तर जति फोन गरे पनि उनी आएनन् । पछि एसपी पाण्डे सापले मलाई नै फोन गरेर साहविरुद्ध के उजुरी परेको हो भनेर सोधपुछ गर्नु भएको थियो । मैले हुन्डी कारोबारीलाई कडा कारबाही गर्नु भनेर हेडक्वार्टरबाट पत्र आएकाले साहलाई संकास्पद देखिएपछि फोन गरेर बोलाएका हौँ भनेको थिएँ । पाण्डे सरले मलाई फोन गरेर बुझेपछि मात्रै उनी (साह) प्रहरीकहाँ आएका थिए । त्योभन्दा अघि हामीले जति फोन गरे पनि उनी आउन मानेका थिएनन्’ डीएसपी खनालले भने ।
त्यतिबेला साहविरुद्ध किटानी जाहेरी परेको थिएन । हुन्डी कारोबारीलाई कारबाही गर्नु भन्ने व्यहोराको पत्रका आधारमा अनुसन्धान अगाडि बढाइएको तत्कालीन डीएसपी खनाल बताउँछन् ।
‘त्यतिबेला प्रमाण नभएकाले मुद्दा दर्ता लगायत कारबाही गर्न सकेनौं । पछि हामी चुनावमा खटियौँ । त्यतै व्यस्त भइयो । केही समयपछि त मेरै सरुवा भयो,’ खनालले भने ।
त्यतिबेला प्रहरी कारीबाहीबाट जोगिएका साहविरुद्ध प्रहरीले अहिले पनि अनुसन्धान अगाडि बढाएको छैन । प्रमाण नपुगेको भनिए पनि साहलाई जोगाउन पाण्डे सक्रियतापूर्वक लागिरहेको स्रोतको दाबी छ । अहिलेसम्म पनि पाण्डेकै ‘पावर’का कारण साह कारबाहीबाट जोगिरहेको स्रोतको दाबी छ ।
एसएसपी पाण्डे भने आफ्नो व्यक्तिगत कारोबारको कुरालाई हुन्डीसँग जोडिएको दाबी गर्छन् । नेपाल लाइभसँग कुरा गर्दै पाण्डेले दाबी गरे, ‘व्यक्तिगत कारोबारको हिसाब हो । त्यसलाई हुन्डी कारोबार भनियो ।’
यद्यपि प्रहरी प्रधान कार्यालयले भने पाण्डेमाथि अनुसन्धान सुरु गरिएको बताएको छ । पाण्डे हुन्डी कारोबारमा जोडिएको विषय नेपाल लाइभले प्रमाणसहित प्रकाशमा ल्याएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति नै बनाएको छ ।
प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनालीको नेतृत्वमा समिति बनाएर अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । सभार ः नेपाल लाईभ

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments