Home राष्ट्रिय कृषि मन्त्री भुसाल र रसियन राजदूत बीच शिष्टचार भेटघाट

कृषि मन्त्री भुसाल र रसियन राजदूत बीच शिष्टचार भेटघाट

काठमाडौं।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र रसियाका राजदूत एलेक्सी नोभिकभ बीच शिष्टचार भेटघाट भएको छ ।

सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत नोभिकभ बीच शिष्टचार भेटघाट भएको हो ।

भेटमा मन्त्री भुसालले दुई देश बीचको सहकार्यलाई प्रबर्द्धन गर्दै व्यापार, लगानी, ऊर्जा र पर्यटनको क्षेत्रमा महत्वपूर्ण भूमिका रहने बताए । साथै दुबै देश बीचको सहकार्यले पूर्वाधार र परिवहन क्षेत्रमा अधिक महत्वपूर्ण भूमिका रहने औल्याए ।

रुसको लगानी कृषि तथा कृषिजन्य क्षेत्रमा हुने आशावादी रहेको बताउँदै मन्त्री भुसालले कोभिड–१९ महामारीका कठिन समय र २०७२ सालको भूकम्पमा रुस र रुसी जनताले गरेको सहयोग प्रति मन्त्री भुसालले आभार व्यक्त गरे।

राजदूत नोभिकभले नेपालको चिया, कफी, कृषिजन्य जडिबुटीलाई रसियामा राम्रो माग रहेको भन्दै निर्यात गर्न सकिने बताए ।
रसियाले कृषि क्षेत्रमा निकै ठूलो प्रगति गरेको उल्लेख गर्दै पछिल्लो ५ बर्षमा खाद्यान्न र कृषि औजार निर्यात गर्न सक्ने अवस्थामा पुगेको अनुभव सुनाए । नेपालले औपचारिक माग गरेको अवस्थामा रसिया जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए ।
दुई देश बीचको आपसी हितमा काम गर्नका लागि वर्किङ गु्रप गराउने तयारी भएको समेत बताए । यसले दुई देश बीचको व्यापार, कृषि र प्रविधिको क्षेत्रमा के कस्तो काम गर्न सकिन्छ सुझाव आदानप्रदानमा सघाउ पुग्ने बताए ।

केही रसियन उद्योगीहरुले नेपालमा आफ्नो लगानी गर्न चाहेकाले यसका लागि आवश्यक सहजिकरण गरिदिन पनि मन्त्री समक्ष उनले आग्रह गरेका छन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments