Home समाचार पकहाँ मैनपुरको चोरीको घटनामा संलग्न कर्मचारीहरु पदमुक्त, छानबिन समिति गठन

पकहाँ मैनपुरको चोरीको घटनामा संलग्न कर्मचारीहरु पदमुक्त, छानबिन समिति गठन

sharethis sharing button

वीरगंज / शनिवार यस अनलाईनले “पकहाँ मैनपुरका जिन्सी प्रमुख महतोको निर्देशनमा कार्यालयबाट राति सामानहरु निकालेको कार्यालय सहयोगी कुर्मीको भनाई, अधिकृत कुशवाहा सम्पर्क विहिन” शिर्षकको समाचार प्रकाशन गरे पछि आईतवार सो गाउँपालिकाले एक समिति गठन गरेको छ ।
पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिकाको जिन्सी शाखाबाट कर्मचारीहरुले नै रातिको समयमा समानहरु चोरी गरिरहेको घटना सार्वजनिक भएपछि अधिकृत राज कुशवाहाले आईतवार एक प्रेस विज्ञप्ती निकाली जिन्सी शाखाको सम्पूर्ण कर्मचारीहरुलाई पदमुक्त गरेको जनाएका छन् ।

सो विज्ञप्तीमा न्यायिक समितिका संयोजकको अध्यक्षतामा समिति गठन गरी सात दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ । समितिमा को–को छन्, सदस्यहरुको नाम खुलाईएको छैन् । घटनालाई ढाकछोप गर्न देखावटी समिति बनेको हो कि ? यथार्थमा दोषीलाई कारवाही हुने हो ? स्थानिय जनता प्रतिक्षामा रहेका छन् ।

जिन्सी शाखा प्रमुख हरि मोहन महतोको निर्देशनमा कार्यालय सहयोगी मुना राउत कुर्मी र वडाका सहायक कम्प्यूटर अपरेटर धनन्जयले पालिकाबाट रातिको समयमा ब्याग, रैनकोट लगायतका सामग्रीहरु चोरी गरि घर लगिरहेको अवस्थामा स्थानिय युवाहरुले पक्राउ गरि सामान फिर्ता राख्न लगाएका थिए ।
घटना भदौ २१ गते राति करिब ८ः३० बजेको हो । पालिकाका कार्यालय सहयोगी कुर्मी र सहायक कम्प्यूटर अपरेट धनन्जयले पालिकाको जिन्सी शाखा खोली शाखामा रहेको व्याग र रैनकोट निकाल्न लाग्दा स्थानिय युवाहरुले देखेपछि हो–हल्ला गरेका थिए । हल्ला भएपश्चात केही सामान्य बिवाद समेत भए पनि कार्यालय सहयोगीले सो सामान कार्यालयमै फिर्ता राखी भागेको सामाजिक सञ्जालमा भाईरल भएको भिडियोमा प्रष्ट देखिन्छ ।
यो घटना भने पहिलो होईन, यस भन्दा अगाडि पनि रातिकै समयमा कार्यालय खोली जिन्सी शाखा प्रमुख महतो र कार्यालय सहयोगी मुनाले विभिन्न सामग्रीहरु निकालेर घर लगेको स्थानियहरुले बताएका छन् ।
चोरीको घटना सार्वजनिक भए पछि २१ गते देखि नै प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले सम्पर्क विहिन भएका थिए ।साभार : पर्दाफास डेलि

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments