
राजु चौरसिया // कलैया बारा कार्तिक ०४
पानीको बोतलमा माकुरा भेटिएपछि सिल भएको बाराको नेशनल पानी उद्योगको ताला रु.२ लाख जरिवाना तिरेपछि खुलेको छ ।बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ स्थित नेशनल पानी उधोगले उपभोक्तालाई विक्री गर्न पठाएको प्रशोधित पानीको बोतलमा माकुरा भेटिएपछि गत असोज १६ गते उद्योगमा शिलबन्दी गरिएको थियो।
अब उप्रान्त उद्योगले आफ्नो गुणस्तरमा सुधार गरी उत्पादन तथा अन्य व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको र उपभोक्ताको स्वास्थ्य प्रति गरेको लापारवाहीको दण्ड स्वरुप गरिएको रु.२ लाख जरिवाना भुक्तानी गरेपछि मात्र सो उद्योगमा भएको शिलबन्दी खोलिएको सम्बन्धित निकायले जनाएको छ । साथै पानीमा अखाद्य पदार्थ भेटिएको घट्ना सँगै नेशनल पानीको लोकप्रियतामा साह्रै ह्रास आएको आमउपभोक्ताहरुले बताएका छन् ।

