
भोला यादव //रौतहट//कात्तिक १७
भन्सार छलीको १ सय ३९ बोरा गहुँको बिउसहित एक पिकअप गाडी र चालकलाई रौतहट प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।
भारतबाट लोड गरी नेपालतर्फ ल्याउँदै गरेको सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलिले शुक्रबार करिब साढे १० बजेतिर गौर नगरपालिका वडा नं–७ बाट प्रदेश २–०३–००१ च। २१३८ नम्बरको पिकअप गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त बिउ फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हो ।
पिकअप चालक गौर नगरपालिका वडा नं–७ बस्ने वर्ष ४४ को वीरेन्द्र राय यादव रहेको प्रहरीले जनाए। फेला परेको गहुँको बिउ १ सय ३९ बोरा रहेको र १ बोरामा २० किलोको दरले जम्मा २,७८० किलो बिउ र पिकअप गाडीसहित चौबिस लाख सत्तर हजार बराबरको मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

