भोला यादव रौतहट// कार्तिक – २२

बिरामिको मृत्यु पछि रौतहटको गरुडामा सन्चालित एक निजि अस्पताल  बन्द गरी सञ्चालक र चिकित्सक फरार भएका छ्न । रौतहटको गरुडा-८, बिर्तामा संचालित इमर्जेन्सी जनसेवा हस्पिटलमा पाठेघर (बच्चादानी) को शल्यक्रिया गराउन गएकी रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ७ बनबौहरी निवासी इब्राहिम सिद्धिकीका ३० वर्षिय श्रीमती नुरजहा खातुनको उपचारकै क्रममा मृत्युु भएको हो । हस्पिटलका चरम लापरवाही गरेकाे कारण बिरामी खातुनको मृत्यु भएका मृत्कको आफन्तहरुले आरोप लगाएकाे छ ।

एक्कासी पाठेघरमा समस्या आएपछि अप्रेशन गराउन सोमवार दिउँसो महिला खातुनले साे हस्पिटल पुर्याएका थिए । मृतक महिलाका श्रीमान इब्राहिम सिद्धिकीका अनुसार खातुनलाई सोमवार राति ८ बजेको समयमा चिकित्सकले अप्रेशन गर्न लागेको थियो । तर अप्रेशनमा चिकित्सकले चरम लापरवाही गरेकाे कारण आफना श्रीमति खातुनको सोमवार राति २ बजेको समयमा मृत्यु भएको उनले आरोप लगाए ।

खातुनको राति २ बजे नै मृत्यु भइसकेको भएपनि चिकित्सकले बिरामीलाई यहाँ ठिक हुँदैन आइसीयूमा राख्नुपर्छ भनी करिव ३ बजेको समयमा विरगंजको मेडिसिटि हस्पिटलको लागि रेफर गरेको उनले बताए । आफना श्रीमतीको जन सेवा हस्पिटलमा नै मृत्यु भइसकेको कुरा हस्पिटलका चिकित्सकलाई राम्ररी थाहा भएको बताउँदै मृतकका श्रीमान सिद्धिकीले खातुनको मृत्यु भएको कुरा लुकाउन उनिहरुले अन्यत्र रेफरको बाहाना गरेको उनले बताए

खातुनलाई विरगंजको मेडिसिटि हस्पिटल लग्ने बित्तिकै चिकित्सकले मृत घोष्णा गरेका थिए। अप्रेशन गर्न योग्य नै नरहेको चिकित्सकले बलजबरजस्ती अप्रेशन गर्न खोज्दा खातुनको मृत्यु भएको उनको आरोप छ । उपचारमा संलग्न चिकित्सकको सर्टिफिकेट, एनएमसी नम्बर इत्यादि कागजात चेकजाँच गर्नुपर्ने र अप्रेशन गर्न अनुमति प्राप्त नगरेको ठहर भए हदैसम्मको कार्यवाही गर्नुपर्ने पीडित पक्षको माग छन

उपचारमा चिकित्सकले सावधानी नअपनाएको र गम्भीर लापरवाही गर्दा बिरामीको मृत्यु भएको भन्दै मृत्कका आफन्तले मंगलवार विहान जन सेवा हस्पिटल घेराउ गरी विरोध प्रदर्शन गरेका छ्न । दोषी चिकित्सक र हस्पिटल सञ्चालकलाई पक्राउ गरी उनिहरुमाथी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गर्नुपर्ने, उचित क्षतिपुर्ति दिनुपर्ने लगाएतका माग राखी आन्दोलनमा उत्रेका मृतकका आफन्त हरु  प्रहरीले दोषी हस्पिटल सञ्चालक र चिकित्सकलाई कानुनी कार्यवाही गर्ने सहमति जनाएपछि पीडित शव उठाएर अन्तिम सन्स्कारका लागि लगेका छन्  ।

यता बिरामी खातुनको मृत्यु भएपछि ईमरजेन्सी जन सेवा हस्पिटलका सञ्चालक जिंगडिया निवासी राजेन्द्र महतो र चिकित्सकहरुले मंगलवार विहानदेखी हस्पिटल बन्द गरेर फरार भएका छन् । फरार भएका सञ्चालक महतो र चिकित्सकको खोजीकार्य भइरहेको तथा घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले बताउनुभयो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments