वीरगन्ज, मंसिर ४
लोक आस्थाको महान पर्व छठ आज सोमबार विहान उदियमान सूर्य लाई अर्घ दिई समापन गरिदै छ ।
चार दिन सम्म मनाइने छठ पर्व शुक्रबार नुहाएर खाइ सुरु भएको तथा शनिबार रसियाव रोटि र हिजो आइतबार साझको घाटको दिन श्रद्धालु हरु आ आफ्नो पायक पर्ने जलाशय वा तलाव नीर बनाइएको प्रतिमा लाई बिधिवत रूपमा पूजा आराधना गरि अस्ताउदो सूर्यलाइ अर्घ दिइएको थियो भने आज सोमबार बिहान उदियमान सूर्यलाइ अर्घ दिई पूजा गरि व्रत समापन भएको छ । आजको दिनलाई पारन समेत भन्ने गरिन्छ ।

आज छठको अन्तिम दिन हरेक गाउँ टोल वरिपरिका जलाशय तथा ताल पोखरिहरुमा भक्तजन हरुको व्यापक भिड देखिएको छ ।

