राजु चौरसिया// बारा, मंसिर १७
नेपाल विद्यार्थी सङ्घ बाराका सचिव बादल यादवलाई पितृशोक परेको छ ।
बाराको देउताल गाउपालिका वडा नम्बर २ ठूलो झिट्कैया निवासी यादव का पिता रघु राय यादवको आज स्वर्गवास भएको हो । मृतक यादवको गृह गाउँ नजिकै को पशाह नदि किनारमा अन्तिम सन्स्कार गर्ने क्रममा नेपाली काङ्ग्रेस बाराका सचिव राजेश रौनियारले पार्टीको झण्डा ओढाएर सम्मान गर्नु भयो । सम्मान पश्चात् आज आइतबार विधिवत रुपमा यादवको पशाह नदि किनारमा नै अन्तिम संस्कार गरिएको छ ।
अन्तिम सन्स्कारमा काङ्ग्रेस बाराका सचिव राजेश रौनियारको अगुवाइमा
नेपाली काङ्ग्रेसका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेकोे थियो ।

