Home समाचार कट्वासिमाइ मेलामा कडा शान्ति सुरक्षा को व्यवस्था हुने : नगर प्रमुख यादव

कट्वासिमाइ मेलामा कडा शान्ति सुरक्षा को व्यवस्था हुने : नगर प्रमुख यादव

राजु चौरसिया //बारा-मंसिर – १८-

कटवासीमाई पञ्च वर्षिय मेलामा शान्ति सुरक्षाको कडा व्यवस्था गर्ने महागढिमाइ नगरपालिकाका प्रमुख उपेन्द्र यादवले बताउनु भयो ।

कटवासीमाई पञ्च वर्षिय मेला मुल समिति कार्यालयको उद्घाटन कार्यक्रम लाई सोमबार सम्बोधन गर्दै प्रमुख यादवले यस्तो बताउनु भयो ।

महागढीमाई नगरपालिका वडा नं ७ अवस्थित तेलगाईमा कटवासीमाई मन्दिर अगाडि पाँच बार्षिय पुजा एवम मेला मुल समिति कार्यालयको उद्घाटन गर्दै नगरप्रमुख यादवले मेलामा आउने भक्तजनको लागि कडा शान्ति सुरक्षाका साथ मेला भब्य र सभ्य लागाइने बताउनु भएकोछ । मेलामा आउने भक्तजन दर्शनार्थीहरुको लागि खानेपानी , शौचालय र बासको ब्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर मेला समितिले ब्यवस्थापन गरिरहेको छ ।कटवासीमाई मंन्दिर सम्म पुग्न नगरपालिकाले सडक बाटोघाटो र बिजुली बतीको ब्यवस्थापन गरिसकेको वहाँले बताउनु भयो । मेला पछि कटवसीमाई मंन्दिर समेत निर्माण गर्ने नगरपालिकाका नगरप्रमुख यादवले बताउनु भयो ।

मेलालाई भब्य र सभ्य बनाउनका लागि मेलाको करिब २ किलो मिटर वरिपरि  जुवा रक्सी बन्द गर्नुपर्ने बताउनुभयो । जुवा रक्सी बन्द नभएमा मेला शान्ति सुरक्षामा चुनौती पनि बढन सक्ने बताउदै मेला अवधिभर  जुवा तास रक्सी बन्द रहने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनु भयो । मेलामा भारतीय भक्तजन आउनमा कुनै किसिमको बाधा नहुने र मेलामा आउने भक्तजनको लागि अझ थप सहुलियतको लागि माथिल्लो निकाय र गृहमन्त्रालयसंग समन्वय गरेर सहज गर्ने सापकोटाले जनकारी गराउनु भयो ।

तराई मधेस जिल्लाको विभिन्न शक्ति पीठ मध्ये कटवासीमाई पनि एक शक्ति पीठ हो कटवासीमाईको पूजा एवम मेलामा बढी भक्तजन आउने गर्छन। कटबासीमाई मेलामा आउने भक्तजनलाई गाउँबासी नगरबासी र जिल्लाबासीले आ आफ्नो ठाउँ बाट भक्तजनलाई संरक्षण गरिदिनुका साथै थप ब्यपार ब्यवसाय गर्ने ब्यपारीहरुको लागि मेलामा सहज वातावरण बनाउन स्थानीय  प्रशासन सङ्ग संबिधान सभा सदस्य रामअयोध्या यादवले आग्रह गर्नु भयो ।

संबिधान सभा सदस्य रामअयोध्या यादवल आफ्नो मन्तव्य राख्नुको साथै थप ब्यपार ब्यवसाय गर्ने ब्यपारीहरुको लागि मेलामा सहज बनाउन प्रशासनलाई आग्रह गर्नु भयो

बिश्व प्रसिद्ध गढीमाई जस्तो कटवासीमाईको पुजामा पांच बर्षमा पांच किसिमको बली दिने चलन रहेको छ । राङ्गा ,बोका , कुखुरा ,सुङुर ,परेवा बलि दिने गरिन्छ । बोकालाई उल्टाएर बली दिने चल्न रहेको महागढीमाई नगरपालिका वडा नं ७ का अध्यक्ष एवम कटवासीमाई मेला मुलसमिती अध्यक्ष शिबेन्द्र प्रताप सिंहले बताउनु भयो । मेला अन्तर्गत  मंसिर २७ गते कलश यात्रा र पुष ३ गते बलि पूजा हुने मुलसमिति अध्यक्ष प्रताप सिंहले जनकारी गराउनु भयो ।

वडा अध्यक्ष शिबेन्द्र प्रताप सिंहको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा पूर्ब राष्ट्रिय सभा सदस्य रामेश यादव , सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादव , जसपाका केन्द्रिय सदस्य रामकिशोर यादव , नेपालेर कांग्रेसका भैयाराम यादव , जिल्ला प्रहरी कार्यालयका उपरीक्षक सुरेश कफ्ले , सशस्त्र  प्रहरी जिल्ला उपरीक्षक , वडा अध्यक्षहरु , पत्रकार ,क्रमचारी सर्बसधारण लगाएत अन्य कर्मचारि र जनप्रतिनिधिको उपस्तिथि रहेको थियो ।कार्यक्रमको संचालन मोतिलाल कुशवाहाले गरेका थिए ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments