वीरगञ्ज, मंसिर १९
आफ्ना पार्टीका शिर्ष नेताहरुको विरोधमा पक्राउ पुर्जी जारी गरेको भन्दै विप्लव नेतृत्वको नेकपा एमालेले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
सरकारले पक्राउ पुर्जी जारी गरी आफुहरु सँग २०७७ साल फागुन २१ मा गरेको ३ बुन्दे सम्झौता उल्लंघन र शान्तिपुर्ण निकासका लागि भईरहेको प्रयास माथि हमला गरेको आरोप पार्टी महासचिव विप्लव द्धारा हस्ताक्षरित विज्ञप्तिबाट लगाइएको छ ।

राज्यसँगको सहमतिलाई कानुनको अँग बनाएर समस्या समाधान गर्नुपर्नेमा अदालत जस्तो जिम्मेवार निकायले नै गैरकानुनी कदम चालेको भन्दै आन्दोलनका कार्यक्रमहरु सोही विज्ञप्तिमार्फत घोषणा गरिएको छ ।
पक्राउ पुर्जी विरुद्ध मँगलवार देखि तीन दिने सँघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ । कार्यक्रम अन्तर्गत मंसिर १९ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायधीशको पुतला दहन गर्ने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम रहेको समेत जनाईएको छ ।
काठमाडौं जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्ग विश्वकर्मा र माईला लामा लगायतका नेताहरु विरुद्ध सोमवार पक्राउ पुर्जी जारी गरेको छ ।

