राजु चौरसिया// बारा, मंसिर २७// प्रमुख प्रशासकिय अधिकृत लाई हाजिर गराउने विषयलाई लिएर बाराको सिम्रौनगढ नगरपालिकामा झड्प हुँदा प्रहरिको गोलि लागि एक जनाको मृत्यु भएको छ ।

भर्खरै सरुवा भएर आएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश मिश्र लाई हाजिर गराउन गएका नगरपालिकाका मेयर किशोरी प्रसाद कुश्वाहालाई आन्दोलनमा बसेका कर्मचारी एवं जन प्रतिनिधिहरुले रोक्न खोज्दा झडप भएको हो ।
झडपका क्रममा आन्दोलित कर्मचारी तथा जन प्रतिनिधिहरुले प्रशासकीय अधिकृत मिश्र चढेको बा२ झ ४३५४ नम्बरको गाडीमा तोडफोड गर्नुका साथै ढुङ्गा मुढा गर्न थालेपछि भिड लाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलि लागि बारा सिम्रौनगढ १ का लक्ष्मी मुखिया बिन को मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन । घाइतेको विरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ । झडपबाट १० प्रदर्शनकारी र १० जना प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
अवस्था लाई नियन्त्रणमा लिन प्रहरीले करिब दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गरेको स्थानीयवासीहरुले बताएका छन् ।

