राजु चौरसिया // कलैया , पौष १
कमलेश जे एफ कप फूटबल प्रतियोगिताको उपाधी बिरगंज ले उचालेको छ ।
आज आइतबार भएको वीरगञ्ज र गबरगावा बिचको फाइनल खेलमा १ गोल अन्तरले गबरगावालाइ पराजित गर्दै वीरगञ्ज ले फाइनल उचालेको छ ।

फाइनल खेल सकिए सङ्गै भएको समापन समारोहमा बिजेता टोलि विरगञ्ज लाई रु.३० हजार नगद र शिल्ड प्रदान गरिएको छ भने उप विजेता गबरगावालाइ रु १५ हजार नगद र शिल्ड प्रदान गरिएको छ ।

