वीरगञ्ज, पौष २
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले आइतबार करिब ६ कठामा लगाइएको अबैध लागुऔषध गाँजा को खेती फडानी गरि नष्ट गरेको छ ।

प्रहरी निरीक्षक रामराज केसरीको कमाण्डमा खटेको प्रहरीको टोलिले आफ्नो ईलाका भित्र लगाइएको अलग अलग २३ ठाउँमा गरि करिब ६ कठामा लगाइएको गाजा खेती आइतबार दिउँसो ३ बजे नष्ट गरेको हो ।

प्रहरीले पर्साको पटेर्वा सुगौली गाउपालिका वडा न.४ देउरिया, वडा न. ५ को पटेर्वा र पर्सागढी नगरपालिकाको वडा न. ९ एकटाङ्गा गाउँको अलग अलग ठाउँमा गरि २३ ठाउँमा लगाइएको करिब ६ कठा गाजा खेती नष्ट गरेको इलाका प्रहरी कार्यालय पटेर्वाले जानकारी गराएको छ ।

