वीरगञ्ज, पौष १२
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साले भेडाहा खोलाबाट बालुवा उत्खनन गरिरहेका ६ वटा ट्रेक्टरलाई विहिवार नियन्त्रणमा लिएको छ ।
खोलाबाट अवैध रुपमा लुकाई छिपाई बालुवा उत्खनन भईरहेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका ईन्चार्ज प्रहरी निरिक्षक रामराजा केशरीको निर्देशनमा ईलाका प्रहरी कार्यालय पटेर्वा तथा प्रहरी चौकी मिलन चौक पर्साबाट खटेको प्रहरीको टोलीले सो ट्रेक्टर पक्राउ गरेको हो ।

प्रहरी टोलीले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित भेडाहा खोलाबाट बालुवा उत्खनन गरिरहेकै अवस्थामा ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६, ना ७ त १२९६ र प्र. २०३ ००१ त ४७४७ नम्बरको ट्रेक्टरहरु पक्राउ गरेको हो । पक्राउ परेका सबै ट्रेक्टरहरु विशेष अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जानकारी प्राप्त भएको छ ।

