काठमाडौं, पौष १३
प्रहरीको गोली लागि आज शुक्रवार ललितपुरको बालकुमारीमा दुई युवाहरुको ज्यान गएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको हो।
प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनहरुमा आगजानी समेत गरेका छन् । आन्दोलनका क्रममा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर दुरव्यवहार गनै क्रममा चालकले बचाउ गर्ने हिसाबले गाडी घुमाउन खोज्दा गाडीको टायर भित्रको हावा खुस्काएर लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरु अश्रुग्याँस प्रहार गरेको थियो भने स्थिति साम्य हुने स्थिति नदेखिएपछि हवाई फायर गरेको थियो ।प्रहरीले गरेको हवाई फायरिँगबाट घाईते ३ वर्षीय सुजन राउतको राजधानी स्थित किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको केही समय पछि नै पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको छ ।

