डिल कुमारि नेपाल // चितवन //
पुस १७ गते देखि चितवनमा विविध कार्यक्रम गरेर पोल्ट्री दिवस मनाइने भएको हाे । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा यस वर्ष ११ औं राष्ट्रिय पोल्ट्री दिवस मनाउन भएकाे हाे।
चितवनमा विसं २०७० देखि हरेक वर्ष राष्ट्रिय पोल्ट्री दिवस मनाउने गरिएको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले जारी गरिएकाे सूचनामा उल्लेख छ। यस वर्षको ११ औं राष्ट्रिय पोल्ट्री दिवसलाई पोल्ट्री व्यवसायीको चाडका रुपमा मनाउनु पर्छ भनि मान्यताअनुरुप नेपाल कुखुरा व्यवसायी मञ्चले सरकारी तथा निजी क्षेत्रबीच आवश्यक समन्वय गदै सप्ताहव्यापी रुपमा दिवस मनाउन लागेकाे छ। ‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने मुल नारालाई मध्यनजर गदैं मनाइने यो दिवसमा विशेष गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अण्डा र कुखुराको मासुको महत्वबारेमा जानकारी गराउने उद्देश्य लिइएको बताए । नेपाल भेटेरीनरी एशोसियसन बागमती प्रदेशसँगको सहकार्यमा स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरिएको हाे । अहिले सम्म २६ वटा सरकारी तथा निजी विद्यालयका कुल एक हजार ९४७ जना विद्यार्थीलाई अण्डा र मासुको महत्वबारे चिकित्सकहरुले प्रशिक्षण दिँदै निःशुल्क रुपमा अण्डा बितरण गरिएको थियाे । पुस १७ गते बिहान मञ्चको कार्यालय परिसरबाट बाजागाजा र प्ले कार्डसहित प्रभातफेरी गरी भरतपुर–२ क्षेत्रपुर नमस्ते चोकमा भरतपुर महानगर पालिका वडा नंं. २ को सहकार्यमा बृहतखुला रक्तदानको कार्यक्रम गरिने लागेकाे हाे । उक्त स्थानमा एक दिने चिकेन एण्ड एग फुड फेस्टिबलको आयोजना गरिने मञ्चले बताएकाे छ।
नेपालमा आधुनिक कुखुरापालन सुरुवात २०१७ साल पुस १७ गते भएको थियो । परवानीपुर बाराको सेन्ट्रल ह्याचरीको उद्घाटन पश्चात नेपालमा आधुनिक पोल्ट्रीको सुरुवात गरिएकाे मानिन्छ । देशको कुलग्राहस्थ उत्पादनमा करिब ३.५प्रतिशत हिस्सा आगटेको पोल्ट्री व्यवसायमा करिब एक खर्ब ६० अर्ब रुपैयाँ लगानी भएको अनुमान गरिएको छ भने करिब चार लाख ५० हजार व्यक्तिलाई पोल्ट्री क्षेत्रले रोजगारी समेतदिदै आइरहेको छ । नेपालको कुखुरा पालन व्यवसायमा आधुनिक प्रविधि भित्रदै गइरहेको संघले बताएकाे छ । उक्त पेसाले आयात प्रतिस्थापन गर्दै आम देशवासीलाई सबै भन्दा सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त खाद्यन्न मासु र अण्डा उपलव्ध गराएको संघले प्रतिनिधिले बताउनुभयाे । कुखुरा व्यवसायी मञ्चले कुखुराको मासु र अण्डा मानव स्वास्थका लागि उपयुक्त खाद्यन्न मानिँने बताउँदै कुखुराको मासु र अण्डामा कुनै मिसावट नहुने, चिल्लोको मात्र कम, प्रोटिनको मात्र बढी हुने, पकाउन सजिलो, पचाउन सहज हुने, युरिक एसिड, मुटु रोगीका बिरामीलाई समेत उपयोगी हुने बताउनुभयाे । मञ्चले विकसित देशहरुमा प्रति व्यक्ति प्रतिवर्ष अण्डाको खपत नेपालको भन्दा धेरै गुणा बढी रहेको बताए । नेपालीहरुको भन्दा विकसित देशका मानिसहरुको औषत आयु समेत बढी रहेकोसमेत मञ्चले बताएकाे छ । मञ्चको तथ्यांका वार्षिकरुपमा एक व्यक्तिले सबैभन्दा धेरै अण्डा खपत गर्ने ९ देशमा चीन अग्र पङतिमा रहेकाे छ भने नेपाल सबैभन्दा कम अण्डा खपत गर्ने देशमा पदै अाएकाे पर्छ ।

