वीरगञ्ज, पौष १६
आज सन् २०२४ जनवरी १ तारिख । अङ्ग्रेजी नयाँ वर्षको रौनक नेपालको पर्सा, बारा, रौतहट लगायत मध्यतराईमा पनि व्यापक रुपमा देखिएको छ ।
आज पर्सा र बाराका विभिन्न पिकनिक स्थलहरुमा स्थानिय सर्वसाधारणहरु सँगै सिमावर्ती भारतीय गाउँ तथा बजारबाट पिकनिक गर्न आउनेहरुको ठूलो जमघट देखिएको छ ।
नयाँ बर्ष मनाउनका लागि पर्साको वीरगञ्ज स्थित भिष्वा डाँडामा युवा युवतिहरुको व्यापक उपस्थिती एवम् चहल पहल देखिएको छ । विरगञ्ज लगायत आसपासका क्षेत्रबाट भिष्वामा पिकनिक मनउनका लागि अलग अलग समुहमा युवा युवती तथा बच्चाहरु को उपस्थितीले पुरै डाँडा भरिभराउ देखिएको छ । त्यस्तै वीरगञ्जको नगवामा रहेको भुटनदेवी मन्दिरमा पनि पिननिक मनाउनेहरुको ठूलो उपस्थिति रहेको छ ।

यता विरगञ्ज सबै होटलहरुमा समेत नव वर्षको उपलक्ष्यमा खानपिन र रमाईलो गर्नेहरुको भिडभाड बढेको छ । नयाँ वर्षकै अवसरमा पिनिक मनाउनका लागि पर्साको ठोरी, बाराको सिम्रौनगढ, आधाभार लगायतका ठाउँहरुमा मानिसहरुको उपस्थिती बढेको देखिएको छ ।

