वीरगञ्ज, पौष १६
सशस्त्र प्रहरी बल नं १३ गण पर्सा र मातहत इकाइले आज सोमबार एकै दिनमा रु. २४ लाख बराबरको भन्सार छलिको समान बरामद गरेको छ । सशस्त्र प्रहरीले प्याज, कुर्ता सरवाल, थानको कपडा र काँस जस्तो देखिने धातु लगायतका गरी त्यति मूल्य बराबरको सामग्री बरामद गरेको हो ।

सशस्त्र गस्तीका क्रममा वीरगञ्ज २ भगुवा स्थित गाडि मोबाईल टोलीले भारतबाट अबैध रुपमा भन्सार छली ४ जनाले टाउकोमा बोकी नेपाल तर्फ ल्याउदै गरेको तथा वीरगञ्ज वडा नम्बर १ छठ घाट स्थित गाडि मोबाईल टोलीले दुबै ठाउँबाट गरि करिब ६ लाख बराबरको कपडा बरामद गरेको छ ।

त्यस्तै बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवा स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीको गस्ति टोलिले भारतबाट अबैध रुपमा ४ वटा साईकलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको भन्सार मूल्य करिब ६१,९०० बराबरको काँस जस्तो देखिने धातु ९५४० के. जी र चार वटा साईकल बरामद गरेको छ भने वीरगञ्ज वडा नम्बर १९ बर्वा स्थित नं. १३ गण र पर्सा हेडक्वार्टर बाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि प्रदेश २२-०३-००१ च ५४८९ नं.को पिक(अप गाडिमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको रु. १,९८,०००।- बराबरको ३३०० के.जी. प्याज र मुल्य रु १५,०००००।- बराबरको पिक अप गाडि सहित जम्मा मुल्य रु १६,९८,०००।- बराबरको पिकअप गाडि र प्याज बरामद गरेको तथा बरामद गरिएका ति सम्पूर्ण सामग्रीहरु आवश्यक कारवाहीक लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ ।

