वीरगञ्ज, माघ ८
अयोध्यामा राम ललाको प्राणप्रतिष्ठान सङ्गै मर्यादा पुरुषोत्तम भगवान श्री रामको ससुराल जनकपुर स्थित जानकी मन्दिरमा सावाँ लाख द्विप प्रज्वलित गरि दिपावली मनाइएको छ ।

आजको दिनलाई मध्यनजर गर्दै जानकी मन्दिरलाई सफा सुग्घर र सजावट गरि अत्यन्तै मनमोहक बनाइएको छ । त्यस्तै प्राणप्रतिष्ठान कै अवसरमा बाराको गढिमाइ मन्दिरमा २ लाख ५१ हजार द्विप प्रज्वलित गरिएको छ । महागढिमाइ नगरपालिकाका मेयर उपेन्द्र यादवको अगुवाईमा मन्दिरको सजावट तथा सरसफाइ गरि द्विप प्रज्वलन गरि दिपावली मनाइएको छ । प्राणप्रतिष्ठानको अवसरमा आज सोमबार नेपालमा पनि घरघरमा दिपावली मनाइएको छ भने गाउँ गाउँ तथा चौकहरुमा जय श्री राम अन्कित झण्डा हरुले भरिभराउ तथा राम भजनले वातावरण राममय भएको छ ।
यता आजकै शुभ अवसरमा वीरगञ्जको घडिअर्वा स्थित नवनिर्मित राम मन्दिरमा प्राणप्रतिष्ठान भएको छ ।प्राण प्रतिष्ठानको अवसरमा पूरै वीरगञ्ज शहरलाइ दुलही झै सजाइएको छ । त्यस्तै आज भगवान रामको प्राणप्रतिष्ठान सङ्गै गाउँ गाउँमा झाकी प्रदर्शन भएका छन भने गाउँ तथा टोलै पिच्छे जलयात्रा एवम पूजा अनुष्ठान भएका छन् ।

