वीरगञ्ज, माघ १६
नेपाली काँग्रेस पर्साले आज माघ १६ गते मंगलवार शहिद दिवसको अवसरमा शहीद तेजबहादुर अमात्य र थिरबम मल्लको शालिकमा माल्यार्पण सहित विभिन्न कार्यक्रमहरु गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।
नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर १ का कार्यवाहक सभापति अनिल सिँहको अध्यता एमव नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न सहिद सम्मान कार्यक्रममा विशिष्ट अतिथीको रुपमा नेपाली काँग्रेस पर्साका सभापति तथा प्रदेशसभा सदस्य जनार्दन सिँह क्षेत्री, संविधानसभा सदस्य एवम नेपाली काँग्रेसका केन्द्रिय सदस्य अनिल रुँगटा, काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, काँग्रेस पर्साका सचिव तथा वीरगञ्ज महानगरपालिकाका उप प्रमुख ईम्तियाज आलम लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागि नेताहरुले नेपाली काँग्रेसले सदैव शहीदहरुको सम्मान गर्दै आएको तथा शहिदहरुको सपना हालसम्म पुरा हुननसकेकोले शहीदको सपना पुरा गर्न सवैले आ आफ्नो स्तरबाट ईमान्दारीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै देशभरी नै विभिन्न कार्यक्रमहरु गरी आज मंगलवार शहिद दिवस मनाईएको छ । विगतदेखि नै मनाउँदै आइएको शहिद दिवसको अवसरमा आजपनि सरकारी स्तरबाट पनि सहिदहरुको सम्झनामा सुरक्षा फौजहरुले मार्चपास लगायतका कार्यक्रमहरु सञ्चालन गरी नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुद्धारा शहीदहरुलाई सम्झना गरी श्रद्धाञ्जली अर्पण गरिएको छ । तर विगतका वर्षहरुमा दिँदै आएको शहिद दिवसको विदा यस पालि चाहि दिईएको छैन । सरकार द्धारा विदा दिनका लागि भएको निर्णय अगामी वर्षदेखि लागुहुने जनाइएको छ ।

