वीरगञ्ज, माघ २२
अरुण चौधरी सहित ३ जनालाई दुई दिनभन्दा बढी हिरासतमा नराख्न जिल्ला अदालत काठमाडौंले आदेश गरेको छ । चौधरी सहित बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायाण सिंह र सञ्जय ठाकुरलाई नियन्त्रणमा लिई प्रहरीले ४ दिन हिरासतमा राख्न लिएको अनुमतिको म्याद ससिकएसँगै सोमबार जिल्ला अदालत काठामडौंमा पेश गरेको थियो ।
जिल्ला न्यायधिश यज्ञ प्रसाद आचार्यको ईजलाशले अब दुई दिनभन्दा उनीहरुलाई हिरासतमा नराख्न आदेश दिईएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले चौधरीसहित तीनै जनालाई १८ माघमा पक्राउ गरेको थियो भने हाल तीनै जना ग्रयाण्डी हस्पिटलमा उपचररत रहेका छन् ।

