वीरगञ्ज, माघ २५
नेपाली नक्कली नोट सहित ५ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको परवानिपुर गाउपालिका वडा नम्बर ५ निबासि सन्तोष पटेल र सुमित साह, वीरगञ्ज महानगरपालिका वडा नम्बर १० निबासी विशाल श्रीवास्तव र निरज श्रीवास्तव तथा सर्लाही चन्द्र नगरका रामचन्द्र महतो रहेका छन ।

नक्कली नोटको कारोबार गरिरहेको भनी प्राप्त विशेष सुचनाको आधारमा यिनिहरुलाइ नक्कली नोटको कारोबार गरिरहेकै अवस्थामा फरक फरक ठाउँबाट पक्राउ गरिएको सार्वजनिक गर्ने क्रममा बारा प्रहरीले जनाएको छ ।
यिनिहरुको साथ बाट नेपाली रु.१ हजार को नक्कली नोट ६१ थान, भारतिय नम्बरको सिमकार्ड तथा ७ वटा मोबाईल सेट समेत बरामद गरिएको छ ।
पक्राउ गरिएका यिनिहरुलाइ नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भैरहेको बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

