वीरगञ्ज, माघ १५
बारामा हिजो बुधवार भएको सवारी दुर्घटनामा परी पूर्व अनुसन्धान अधिकृतको मृत्यु भएको छ । बाराको पिलुवा बाट सदरमुकाम कलैया तर्फ आउँदै गरेको ना ३० प ९८३० नम्बरको मोटरसाईकलमा सवार बारा कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुर निवासी पूर्व अनसन्धान अधिकृत विष्णु थापालाई विपरित दिशाबाट आइरहेको ट्रिपरले ठक्कर दिँदा दुर्घट्ना भएको बारा प्रहरीले जनाएको छ ।
बारा उत्तर झिट्कैया गाउँ नजिकै भएको दुर्घटनाबाट घाईते राष्ट्रिय अनुसन्धान विभागका पूर्व अधिकृत ६० वर्षीय थापाको उपचारको क्रममा मृत्यु भएको छ ।

