वीरगञ्ज, माघ १५
५ करोड रुपैयाँ फिरौती नदिए ज्यान मार्ने धम्की दिने २ जना युवकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ मा सच्चाई सेवा केन्द्रका अध्यक्ष प्रकाश दिप गैरेलाई केही दिन देखि फोन तथा म्यासेज मार्फत धम्क्याउँदै आएका पर्वत जिल्लाको कुश्मा नगरपालिकाका लक्ष्मण दर्जी र दीपक बहादु क्षेत्रीलाई हिजो बुधवार साँझ पोखराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई पोखरा प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

