वीरगञ्ज, माघ २९
भारतिय नम्बर प्लेटको स्कारपियोमा १ करोड ८२ लाख ५१ हजार नक्कली रु १ हजारको नोट सहित एकजना भारतिय नागरिकलाई हिजो आइतबार प्रहरिले सुनसरिको इनरुवाबाट पक्राउ गरेको छ ।
ट्राफिक प्रहरी सुनसरीको टोलिले इनरुवा नगरपालिका वडा नम्बर ४ स्थित सुनसरी खोलाको पूल नजिकै नियमित सवारी चेकजाँच गर्ने क्रममा बि आर ११ एक्स ३४२९ नम्बरको भारतिय नम्बर प्लेटको स्कारपियोको पछाडिको भागमा लुकाइ छिपाइ लगिरहेको अवस्थामा पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।
पक्राउ परेको गाडिका चालक भारत वीरपुरका मोहम्मद सैयद लाई पनि प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ भने स्कारपियोमा सवार अर्का एकजना भाग्न सफल भएका छन ।
गाडिको पछाडी पट्टिको भागमा बोरामा राखी लुकाएर राखिएको अवस्थामा सो नक्कली नोट गाडिभित्रबाट बरामद गरिएको तथा पक्राउ परेको गाडी, नोट र चालकलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

