वीरगञ्ज, फागुन १३ // १ करोड १० लाख रुपैयाँ बराबरको मालसामान सहित एक ट्रक सशस्त्र प्रहरी पर्साले हिजो शनिबार पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म अलौ बाट खटेको गाडी मोबाईल टोलिले वीरगयञ्ज-२५ , बहुअरीमा वीरगञ्ज बाट काठमाडौ तर्फ गइरहेक ना.८ ख ३९७८ नम्बरको ट्र्कमाथी सन्का लागि चेकजाँच गर्दा बिलबिजक दुरुस्त नभएको रु.७० लाखको कपडा तथा रु ४० लाखको अन्य गरि सो परिमाणको मालसमान सहित ट्रक पक्राउ गरेको हो ।
पक्राउ परेको मालसामान सहित ट्रकलाइ आज राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको खबर प्राप्त भएको छ ।

