वीरगञ्ज, फागुन १४
भन्सार छलिको औषध सहित एउटा भारतिय मोटरसाइकल सशस्त्र प्रहरी पर्साले आज सोमबार पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बिओपी श्रीसिया बाट खटिएको मोबाइल गस्ती टोलिले वीरगञ्ज -१० अलखिया मठ छेउको मेनरोड बाट अवैध रूपमा भन्सार छली भारतबाट बि आर २२ एम ९१०९ नबरको मोटरसाइकलमा ल्याउदै गरेको रु.४२,७७२ मूल्य बराबरको न्यूट्रीडेक्स मल्टिभिटामिन सिरप र मोटरसाइकल पक्राउ गरेको हो ।
गस्ती टोलिलाइ देख्नासाथ तस्करले मोटरसाइकल र औषधि छोडेर फरार भएका छन । पक्राउ परेको औषधि सहित मोटरसाइकल लाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

