वीरगञ्ज, चैत्र ०५
पर्साको ठाेरी गाउँपालिका ४ मा बाघकाे आक्रमणबाट आज सोमबार एक महिलाकाे मृत्युु भएकाे छ। बाघकाे आक्रमणमा परि ठाेरी गाँउपालिका -४, मालीबस्तीकी ४० बर्षिया ( कान्छी भनिने ) कलावती सुबेदीकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाेरीले जनाएको छ।
गाउँ नजिकैको जंगल छेउमा रहेको खेतमा घाँस काट्न गएका बेला जंगलबाट आएकाे बाघले आक्रमण गर्दा सुबेदीकाे घटना स्थलमा नै मृत्युु भएकाे ईलाका प्रहरी कार्यालय ठाेरीका प्रहरी निरीक्षक सन्ताेष राइले बताउनु भयो ।
मृतकको शव पाेष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । आक्रमण गरेको बाघ नजिकैको जङ्गल तिर भागेको तथा घट्ना पश्चात् आसपासको बस्ती त्रासमय भएको सर्वसाधारणले बताएका छन् ।

