वीरगञ्ज, चैत्र १२
अहिले सोमबार राती ११:१८ बजे देखि पर्साको ग्रामीण भेगमा पर्दै गरेको असिना पानीले पर्सेली कृषकहरुलाइ लाखौंको क्षती हुने देखिएको छ ।

गहुँ भित्र्याउने समय नजिक आइसकेको यस्तो अवस्थामा अचानक पर्न थालेको असिना पानीले कृषकहरुको गहुँ बालिमा ठूलो क्षती पुर्याउने सम्भावना भएको भन्दै कृषकहरु चिन्तित देखिएका छन् ।अहिले परिरहेको असिना, पानी र हावाहुरिले कटाई गर्ने अन्तिम चरणमा आइपुगेको गहुँको बिरुवा ढाल्नुका साथै असिनाले बाली झारेर नष्ट गर्नसक्ने अनुमान कृषकहरुको रहेको छ ।

