वीरगञ्ज, बैशाख ४
सखुवा प्रसौनीकि २४ वर्षिय बसन्ती भन्ने निशा कुमारीको बहुदरमाइ – ३ नगरदाहा स्थित ससुरालीमा आफ्नै श्रीमान द्वारा हत्या भएको खबर प्राप्त भएको छ ।

नव वर्ष विक्रम सम्वत २०८१ को खुसियालीमा सिङ्गो रास्ट्र खुसियालीमा मग्न भएको दिन गत बैशाख १ गते पर्साको सखुवा प्रसौनी वडा नम्बर २ सखुइ जमुनिया निवासी राम प्रसाद साह गोढको परिवार माथी ठूलो बज्रपात भएको छ ।
चार वर्ष अगाडि आफ्नो परम्परा र रितिरिवाज बमोजिम पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर -३ निबासी सिङासन साहका छोरा इन्द्र्जित साह गोढ सङ्ग बिहे भएको र ४ वर्ष देखि ससुराल पक्षले आफ्नो छोरी माथी अत्याचार गर्दै आएको र बैशाख १ गते आफ्नै ज्वाइँ इन्द्रजितले आफ्नो घर परिवारको सहयोगमा आफ्नी छोरिको हत्या गरेको निशाका बुवा राम प्रसाद गोढले बताएका छन् ।
३ महिनाकी गर्भवती छोरीलाई नियमित जाँच नगराएपछी आफुहरुलाइ फोन गरि बताएकी र हामी आफ्नै खर्चमा छोरिको उपचार गराउन तयारी गरि छोरिलाइ अस्पतालमा पुर्याइदिन ज्वाइँ इन्द्रजित लाई फोन गरि आग्रह गर्दा घरको कुरा माइतीमा किन लगाएकी भन्दै ज्वाइँ इन्द्रजित र उनका परिवारका अन्य सदस्यहरू मिलि छोरी निशालाइ निर्घात कुटपिट गरि मारेको आरोप निशाका पिता रामप्रसाद गोढ्ले लगाएका छन ।
यसरी बिनाकारण साधारण घारायसी झै झगडा र बोलचालको निहुँमा छोरी चेली हरुको हत्या समाजको लागि एउटा ठूलो अभिसाप बन्दै गएको जानकार हरु बताएका छन् ।

