वीरगञ्ज, आषाढ २९
नयाँ कदम नेपालले आज बाराको खैरामाई सामुदायिक वनमा वृक्षारोपण गरेको छ । स्वच्छ वातावरण बनाउने उदेश्यले बाराको फेटा गाउँपालिका वडा नम्बर १ स्थित त्रिवेणी खैरामाई सामुदायिक वनमा विभिन्न जातिका ७०० पिस विरुवा रोपिएको सँस्थाका रन्जित पाण्डेयले बनाउनु भयो ।
कार्यक्रममा फेटा वडा नं.१का वडा अध्यक्ष बिगन दास तत्मा तथा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

