वीरगञ्ज, श्रावण ९
आज विहान ११ बजे भएको सौर्य एयरको विमान दुर्घटनामा परि १८ जनाको मृत्यु भएको छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मत गराउन पोखराको लागि उडेको सौर्य एयरलाइन्सको विमान उडेलगतै दुर्घटनामा पर्दा आगो लागेपछि विमानमा सवार १९ जना मध्ये एक जना महिला र एक जना विदेशी नागरिक सहित १८ जनाको मृत्यु भएको छ । विमान बाट १ जनाको उद्दार गरिएको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ ।

