वीरगञ्ज, श्रावण १०
नेपाल शिक्षक महासङ्घ वीरगञ्ज महानगरपालिका नगर समितिको दोस्रो अधिवेशनबाट प्रदिप कुमार जैशवाल महानगर समितिको अध्यक्षमा निर्बिरोध निर्बाचित भएका छन ।

अध्यक्ष जैसवाललाई अध्यक्षमा निर्वाचित गरेको अधिवेशन बाट सह अध्यक्षमा लालबाबु प्रसाद यादव, सचिव सन्तोष सरराफ लगायतका रहनुभएको छ ।
नेपाल शिक्षक महासङ्घ पर्साका सह अध्यक्ष लालबाबु यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी वीरगञ्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम, विशिष्ट अतिथी शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज प्रसाद यादवले नव निर्वाचित पदाधिकारी हरुलाइ टीका र गम्छा ओढाएर सम्मान गर्नुका साथै प्रमाणपत्र वितरण समेत गर्नु भयो ।
कार्यक्रममा जिल्लाभरका सम्पूर्ण पालिकाका महासङ्घ अध्यक्ष वा प्रतिनिधि र वीरगञ्ज महानगरपालिकाका सम्पूर्ण विद्यालय तथा जिल्लाभरका विभिन्न विद्यालय बाट आएका शिक्षक शिक्षिकाहरुको व्यापक सहभागिता रहेको थियो ।

