मनोज गुप्ता// वीरगञ्ज, मंसिर २५//
सहकारी ठगीको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको बयान वीरगञ्जमा लिइएको छ ।
वीरगन्जको सानो पाइला वचत तथा ऋण सहकारी सन्स्थाको रकम हिनामिना गरेको प्रकरणमा जिल्ला अदालत पर्साले लामिछानेको बयान लिएको हो ।
बयानका क्रममा उनलाइ ५४ वटाजती प्रश्नहरु सोधिएको तथा बयान पश्चात् उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।
लामिछाने लाई गत कार्तिक २ गते काठमाडौ स्थित पार्टिको केन्द्रिय कार्यालय बाट पक्राउ गरि संबंधित जिल्लाहरुमा लागि बयान लिइएको छ ।

