मनोज गुप्ता, कलैया, पौष ६//
बाराको जितपुर सिमरामा कारभित्र एक जना मृत व्यक्ति फेला परेका छन् ।
जितपुर सिमरा उप महानगरपालिका वडा नम्बर ११ मा बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको नेटा कार भित्र मृत अवस्थामा आज विहान फेला परेको पुरुषको पहिचान हुन सकेको छैन ।

मृतकलाई गोलि हानेको हुनसक्ने सर्वसाधारणहरुको अनुमान रहेको छ । घट्नास्थलमा अहिले बाक्लो मात्रामा प्रहरीको उपस्थिति देखिएको छ । घट्ना के कसरी भएको भनी यकिन साथ हालै भन्न नसकिने तथा घट्नाको विशेष अनुसन्धान भैरहेको बारा प्रहरीले जनाएको छ ।

