वीरगञ्ज, पौष ८//
नेपाली काङ्ग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौलाले अगामि २०८४ को निर्वाचनमा काङ्ग्रेसले एकलै बहुमत ल्याउने दाबी गरेका छन् ।
नेपाली काङ्ग्रेसको विशेष अभियान अनतर्गत राजधानीमा आज सोमबार आयोजित महानगर स्तरीय सभालाई सम्बोधन गर्दै नेता सिटौलाले अबको निर्बाचनमा काङ्ग्रेस कुनै दल सङ्ग गठबन्धन नगरी एक्लै चुनावमा जाने बताए । उनले अगामी निर्वाचनमा काङ्ग्रेस एक्लै जाने तथा बहुमत ल्याउनेगरि जाने ठोकुवा गर्दै त्यसको लागि नेपाली काङ्ग्रेसले गरेका कार्यहरुको बारेमा जनतालाई अवगत गराउने र कमि कमजोरीहरुको जस अपजस पनि लिने गरि अघि बढ्ने समेत बताएका छ्न ।
नेता सिटौला यो महाअभियान त्यसैको तयारीको रुपमा अघि बढिरहेको र यस अभियानमा कमर कसेर लाग्नलाइ काङ्ग्रेस नेता तथा कार्यकर्ता सङ्ग आग्रह गरेका छ्न ।

