वीरगञ्ज, पौष ९//
नेपाल प्रीमियर लिग (एन पि एल) प्रथम सन्सकरण अन्तर्गतको फाईनल खेलमा जनकपुर बोल्ट्सका समर्थक हरुसङ्ग अभद्र व्यवहार गरेको आरोपमा २ जनालाई प्रहरिले पक्राउ गरेको छ ।
किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय कृकेट मैदानमा गत शनिबार भैरहेको फाइनल मैचमा जनकपुर बोल्ट्सले जितेपछि त्यसका समर्थकहरु सङ्ग दुर्व्यव्यवहार गरेको आरोपमा डोटि जिल्ला आदर्श गाउँपालिका वडा नम्बर २ घर भई हाल किर्तिपुर नगरपालिका वडा नम्बर ८ पङ्गा बस्ने २१ वर्षिय निवासी अशोक साउद र डोटी जिल्लाकै दिपायल शिलगढी नगरपालिका वडा नम्बर १ घर भै हाल किर्तिपुर नगरपालिका वडा नम्बर ७ भाजङ्गल बस्ने १९ वर्षीय गणेश साउद रहेका छन् ।
अभियुक्त द्व्यलाई गत आइतबार बेलुकी ७ बजेतिर पक्राउ प्रहरी वृत्त किर्तिपुरबाट थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।

