वीरगञ्ज, पौष ९//
पर्साको बहुदरमाई नगरपालिकामा भएको फोहोर राजनीतिले देशैभरीमा पालिकालाई घृणित बनाएको छ ।
नगरपालिकाका मेयर सिङ्गासन साह र प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाको आ आफ्नो व्यक्तिगत स्वार्थले उग्र फोहर राजनितिक मोड लिएपछी अहिले समग्र नगरपालिकाको भविस्य अन्धकारमय भएको अनुभुती भैरहेको आमजनताको गुनासो छ ।
नगरपालिकाका अभिभावक द्व्य साह र मुस्तुफाको आ आफ्नो बलियो राजनितिक पक्कड भएका दलिय मन्त्रीहरुको समर्थनमा नगरपालिकाको शिक्षा जगत पूर्ण रुपले ध्वस्त भएको सरोकारवाला बताउँछन् ।
विगत ६ महिना देखि पालिका भित्र काम गर्ने कुनै शिक्षकले तलब पाएका छैनन भने शैक्षिकसत्रको करिब साढे नौ महिना बितिसक्दा समेत धेरै विद्यार्थीहरुले पाठ्यपुस्तक समेत नपाएको अवस्थामा करिब २ महिना पश्चात् हुने परिक्षामा बस्ने विद्यार्थी हरुको भविस्य कता जाने भनेर चिन्तित अभिभावकको पिडासङ्ग अझै खेलवाड भैरहेको अभिभावकहरुले बताएका छन् ।
अझै लज्जास्पद प्रसङ्ग त के छ भन्ने, यति पिडाका बावजुद पनि आफ्नो पेशागत मर्यादाको गरिमा तल नझरोस र विद्यार्थीहरुको भविस्य बर्वाद नहोस् भन्ने अभिप्रायले नेपालकै सबैभन्दा महत्वपूर्ण चाड दशै र तराई क्षेत्रकै सबैभन्दा महत्त्वपूर्ण चाडहरु तिहार तथा छठ पूजा समेतमा एक रुपियाँ तलब भत्ता नखाएर पनि निरन्तर विद्यालय सञ्चालन गरिरहेका शिक्षकहरुलाइ समेत फसाउने कार्य भैरहेको देखिएको छ ।
आफ्नो गल्तिको ढाकछोप गरि जनता सामु जाने एउटा बहानाको खोजी गर्दै दुई पक्ष मध्येको एक पक्षले गत शुक्रबार केही विद्यार्थी हरुलाइ उक्साएर नगरपालिकाको कार्यालयमा गराएको तोडफोड र आगजनी अहिले देशैभर चर्चाको विषय बनेको छ ।विद्यार्थी हरुसङ्ग गराइएको सो तोडफोडको घट्नामा केही शिक्षकहरूलाई समेत फसाएर राजनीतिक दाउ साध्ने षडयन्त्र भैरहेको देखिएको छ ।
यता सो घट्नालाइ लिएर मेयर र अधिकृत दुवै पक्षले एक अर्कामाथी दोषारोपण गर्दै चोखो बन्न खोजेका छ्न । यसै क्रममा सोमबार मेयर साहले वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै घट्नाको भत्सर्ना गर्दै छानबिनको माग गरेका छन । भने यता समान्य प्रशासन मन्त्री राजकुमार गुप्ताका स्वकीय सचिव तथा एमाले नेता शिव पटेलले नगरपालिकाको अफिस अगाडि नै पत्रकारसँग कुरा गर्दै मेयर साहले अधिकृत मुस्तुफाको सरुवाका लागि मात्रै रु.२५ लाखको अफर आफ्नो पार्टीको एकजना मन्त्री बाट आफू कहाँ पठाएको आरोप लगाएका छ्न । हुन त २ दिन अघि स्वकीय सचीव पटेलले अधिकृत सरुवाका लागि ७ देखि १० लाखसम्म सहयोग रकम माग गरेको व्हाट्सप म्यासेज समेत सार्वजनिक भएको थियो ।
यसरी करोडौं भ्रष्टाचार गरि आ आफ्नो स्वार्थ पुर्तिका लागि नगरपालिकाको लाखौं रकमको दुरुपयोग गर्ने दाउमा रहेका यी दुबै पदाधिकारी हरुलाई कारवाही गरि नगरपालिकाको कामकाज सुचारु गर्नुपर्ने र निमुखा शिक्षकहरुको तलब भत्ता दिलाई स्वच्छ शैक्षिक वातावरणका लागि पहल गर्नुपर्नेमा त्यसो नगरी उल्टै दुवैजनाको मनोबलमा मलजल पुग्ने गरि मन्त्री जस्ता व्यक्ति हरु समेत दुई चिरामा विभाजित हुनु यो पालिकाको लागि मात्रै नभै समग्र मुलुककै लागि दुर्भाग्यपूर्ण रहेको सर्वसाधारणको गुनासो छ ।
दुवै पक्षमा कोहि इमान्दार नदेखिएको भन्दै यदि लोकतान्त्रिक गणतन्त्र भनेको यस्तै व्यवस्था हो भने अबको आन्दोलन लोकतन्त्रको विरोधमा गर्नुपर्ने आवश्यकता रहेको गुनासो आम पिडित नगरबासिहरुको रहेको छ ।

