सन्जय गुप्ता// वीरगञ्ज, पौष ९//
श्रम तथा यातायात मन्त्रालय, यातायात व्यवस्था कार्यालय वीरगञ्जले मधेस प्रदेशमा दर्ता रहेका सबै सवारी साधनहरुमा लाग्ने कर तथा नविकरणको जरिवानामा १००% सय प्रतिशत छुट गरिएको जानकारी दिएको छ ।
मधेस प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१ मंसिर १९ गते प्रकाशित भएको र ऐनको दफा ३५ को उपदफा (४ ) बमोजिम मधेस प्रदेशमा दर्ता भएका सबै किसिमको सवारिमा यस्तो छुट सुबिधा दिइएको विज्ञप्ति मार्फत जनाइएको छ ।

