वीरगञ्ज, पौष १०//
आज डिसेम्बर २५, अन्तर्राष्ट्रिय रूपमा मनाइने कृसमस डे राजधानी लगायत देशका विभिन्न शहरहरुमा मनाइएको छ ।
इसाई धर्मका प्रवर्तक जिसस क्राइस्टको सम्झ्नामा सो धर्मप्रति आस्था राख्नेहरुले विगत धेरै वर्षदेखी मनाउदै आएको यो दिवस आज काठमाडौ लगायत, पोखरा, चितवन, हेटौंडा, विराटनगर, वीरगञ्ज लगायतका शहरहरुमा समेत मनाइएको छ ।
कृसमस डे को अवसरमा आज देशका धेरै निजि विद्यालयहरुले विद्यार्थी हरुको सहभागितामा विभिन्न कार्यक्रम गरि यो दिवस मनाएका छन ।कृसमस डे को अवसरमा आज देशैभरी सार्वजनिक विदा समेत दिईएको थियो ।

