वीरगञ्ज, पौष १३//
पछिल्लो केहि दिन देखि हिउँ परेकोमा हुम्लाका कृषकहरू हर्षित भएका छन ।
परम्परा देखि नै हुम्लाका किसानहरुको सिचाइको एक मात्र माध्यम हिउँ रहेकोले हिउँ पर्दा बाली नाली राम्ररी सप्रीने भन्दै किसानहरु खुसी भएका हुन ।
मंसिर महिनामा छरिने जौ, गहुँ, उवा लगायतका अन्नबालिहरु हिउँ पर्दा राम्रो हुने कृषकहरू बताउँछन् ।
बिगतका वर्षहरूमा हिउदको समयमा हुम्लामा ४/५ देखि १० फिट सम्म जति पर्ने गरेको र त्यसबाट चिसो बढेपनी बाली नाली राम्रो हुने गरेको स्थानीयहरुको भनाई रहेको छ ।
अहिले परेको हिउँ पहिलाको जस्तो बाक्लो नभएपनी बालिको लागि राम्रो हुने भनी खुसी व्यक्त गरेका छन् ।

